शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • देश
  • कोशीको विवाद हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने

कोशीको विवाद हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने

  • मङ्लबार, भदौ १९, २०८०
कोशीको विवाद हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने

काठमाडौं — कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि उठेको विवादमाथिको सुनुवाइले बिहीबार पनि निरन्तरता पाउने भएको छ ।

सर्वोच्च अदालतले मंगलबार दिनभर सुनुवाइ गरेपछि मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो ।

मंगलबार दिनभर सरकारी वकिल, कोशी प्रदेशको मुख्य न्यायाधीवक्ता कार्यालयका मुख्य न्यायाधीवक्ता लगायतले बहस गरे ।

थापाको पक्षका कानून व्यवसायीहरुको बहस लम्बिएपछि निवेदकका कानून व्यवसायीले जवाफी बहस गर्ने समय पाएनन र मुद्दा बीहीबारका लागि सुनुवाइ हुने भनी आदेश भएको हो ।

चर्चामा

सम्बन्धित समाचार