• होमपेज
  • देश
  • खेलाडीको हौसला बढाउन बालेन शाह श्रीलंका जाँदै

खेलाडीको हौसला बढाउन बालेन शाह श्रीलंका जाँदै

  • आइतवार, भदौ १७, २०८०
खेलाडीको हौसला बढाउन बालेन शाह श्रीलंका जाँदै

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदै छन् ।

उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन् ।

एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतको खेल हुँदैछ । उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन श्रीलंका जान लागेका हुन् ।

समूह एमा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

यही समूहमा रहेका भारत र पाकिस्तानले भने वर्षाले खेल रद्द हुँदा अंक बाँडेका छन् ।

चर्चामा

सम्बन्धित समाचार