• होमपेज
  • देश
  • गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

  • आइतवार, भदौ १७, २०८०
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

गुल्मी — गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए ।

शनिबार बेलुकी साढे ७ बजेको समयमा चट्याङ लागेर घाइते भएका घर्तीलाई नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको थियो । बेहोस अवस्थामा रहेका घर्तीलाई थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो ।

चट्याङ लागेर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा शनिबार राति उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार