बाजुरा — बाजुराको बडिमालिका नगरपालिका-६ कोर्धको लेक थलामा चट्याङ लागेर ११ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय लेकखर्कमा राती सुतेको बेला चट्याङ पर्दा कोर्ध निबासी तुले रावलकी छोरी परु रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरी सोही तुले रावलकै दुई भैसी र एक गोरु समेत मरेको बडिमालिका नगरपालिका वडा न ६ का कार्यबाहक वडाअध्यक्ष परे बडुवालले बताएका छन ।
बिहान साढे ४ बजे प्रहरीलाइ जानकारी आएको र जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको प्रहरीको टोली पुग्न बाकी रहेकोले अन्य के क्षेती भयो भन्ने बिषयमा आधिकारीक नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कबिन्द्रसिहं बोहराले बताएका छन । घटना बारे थप जानकारी आउन बाँकी छ ।