बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा शिक्षण सिकाई अनुदान शिक्षकहरुको जिल्ला कार्यसमिति गठन

बाजुरामा शिक्षण सिकाई अनुदान शिक्षकहरुको जिल्ला कार्यसमिति गठन

  • शनिबार, भदौ १६, २०८०
बाजुरामा शिक्षण सिकाई अनुदान शिक्षकहरुको जिल्ला कार्यसमिति गठन

बाजुरा– शिक्षण सिकाई अनुदानमा कार्यरत बाजुरा जिल्लाका शिक्षकहरुको जिल्ला भेलासदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । शिक्षण सिकाई अनुदानका शिक्षकहरुको माग पुरा गर्न सो समिति गठन गरिएको हो । जिल्ला संघर्ष समिति जेष्ठ सदस्य चन्द रावलको अध्यक्षतामा संचालन गरिएको थियो ।
यसैविच आजै जिल्ला कार्य संघर्ष समिति गठन समेत गरिएको छ । जसको अध्यक्षमा मिन बहादुर कुँवर, उपाअध्यक्ष रमिला कुमारी शाही र टेकराज उपाध्याय, सचिवमा दिपक विक र सह सचिवमा लोकेन्द्र बुढा लगायत २३ सदस्यिय समिति गठन गरिएको छ । त्यसै गरी केन्द्रीय पार्षदमा मुकुन्द शरण उपाध्याय निर्बिरोध निर्बाचीत भएका छन ।
त्यसै गरि आजको जिल्ला कार्य समितिको भेलाले जिल्लाका नौ ओटै स्थानिय तहमा शिक्षण सिकाई अनुदानका शिक्षकहरुको पालिका संयोजक समेत गठन गरिएको शिक्षण सिकाई अनुदान शिक्षक समितिका अध्यक्ष मिन बहादुर कुँवरले बताएका छन ।
जसमा हिमाली गाउँपालिकामा मनसुर ल्वार, बुढिगंगा नगरपालिकाको संयोजकमा गणेश थापा, खप्तड छेडेदह गाउँपालिकामा जनक रावत, त्रिबेणी नगरपालिकामा रुप बहादुर साँउद, बडिमालिका नगरपालिकामा बिमला बुढा, जगन्नाथ गाउँपालिकामा पुजा कुमारी सिंह, स्वामिकार्तिक खापर गाउँपालिकामा जनक कुमार महत्तरा र बुढिनन्दा नगरपालिकामा मालती थापा संयोजक रहेका छन । गौमुला गाउँपालिका संयोजक भने मनोनित हुन बाकि रहेको समितिका अध्यक्ष कुवरले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार