बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • अभिनेत्री निरूता सिंह वैवाहिक जीवनमा बाँधिइन्

अभिनेत्री निरूता सिंह वैवाहिक जीवनमा बाँधिइन्

  • शनिबार, भदौ १६, २०८०
अभिनेत्री निरूता सिंह वैवाहिक जीवनमा बाँधिइन्

काठमाडौँ– अभिनेत्री निरूता सिंह वैवाहिक जीवनमा बाँधिएकी छिन् ।

हाल मुम्बईमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन ।

उनले सो जानकारी आफैले सामाजिक सञ्जालबाट दिएकी हुन । दक्षिणा, आफन्तजस्ता दर्जनौँ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत आफूले बिहे गरेको जानकारी गराएकी हुन ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः

मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर परिवार, आफन्त तथा छर छिमेकीहरू, मेरा चलचित्रकर्मी साथीभाइ अनि अग्रज व्यक्तित्वहरू, बिभिन्न माध्यमका संचारकर्मीहरुलगायत मलाई माया गरेर मेरो चलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’ बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरूको यतीका वर्ष देखीको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न ‘आज तेसै प्रश्नको जवाफ दिन गई रहेको छु ।

तपाईँहरूको निरूता सिंहले गत बिहिबारका दिन मुम्बई निवासी सञ्जीव गुलाटीसँग लगनगाँठो जोडेको छ । हजुरहजुर सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु । चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै माया ।’

चर्चामा

सम्बन्धित समाचार