बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अपबित्र गठबन्धनमा तामझाम एकछिन हुन्छ

अपबित्र गठबन्धनमा तामझाम एकछिन हुन्छ

  • शनिबार, भदौ १६, २०८०
अपबित्र गठबन्धनमा तामझाम एकछिन हुन्छ

अपबित्र गठबन्धनमा तामझाम एकछिन हुन्छ,
यस्तो राजनीति यात्रा सधै गन्तब्य विहिन हुन्छ।

नेताको घाँटी जुड्छ मन् जुड्दैन निजि स्वार्थमै,
कुण्ठा ग्रस्थ कार्यक्रताले नेता देख्दा घिन हुन्छ।

राजनीति पार्टी केहो जनता बिनाको रित्तो डब्बा,
यो सबैको देश सधैभरी नागरिककै अधिन हुन्छ।

सिद्धान्त विना अन्धो र व्यवहार बिना लङ्गडो।
दुबैमिले पछि पार्टी हांक्नलाई बलियो मिन हुन्छ।

पार्टिको बिकास नहुँनुपनि जन विस्वास नहुनु हो,
बिकास हुन्छ जब जनतालाई पक्कै एकिन हुन्छ।

आफ्नो राजनीति बिचार जनतामा पुराएकोराम्रो,
आर्काको आलोचना मात्र गर्ने त थोंत्रो टिन हुन्छ।

चर्चामा

सम्बन्धित समाचार