• होमपेज
  • देश
  • राप्रपालाई संकेत गर्दै रवीन्द्र मिश्रले लेखे- कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बाङ्गा-बाङ्गै!

राप्रपालाई संकेत गर्दै रवीन्द्र मिश्रले लेखे- कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बाङ्गा-बाङ्गै!

  • आइतवार, भदौ १०, २०८०
राप्रपालाई संकेत गर्दै रवीन्द्र मिश्रले लेखे- कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बाङ्गा-बाङ्गै!

काठमाडौं- राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नै पार्टीतिर संकेत गर्दै कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बाङ्गा-बाङ्गै भन्दै टिप्पणी गरेका छन्।

‘कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गा-बाङ्गै! थोरै अपवादलाई छोडेर, कोही-कोही सुध्रिनेवाला छैन’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

आइतबार राप्रपाले सत्ता गठबन्धनसँग सहमति गर्दै पूर्वाधार विकास समितिको सभापतिका लागि उम्मेवारी दर्ता गराएको छ। त्यसका लागि पार्टीले कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सहमति भएको नेताहरूले बताएका छन्।

सहमतिपछि सो समितिको सभापतिका लागि उम्मेदवारी दिने तय गरिएका माओवादी केन्द्रका सांसद माधव सापकोटा पछि हटेका छन्। राप्रपाका तर्फबाट दीपक सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

यद्यपि मिश्रले आफ्नो पोस्टमा पार्टीको नाम भने लेखेका छैनन्।

मिश्रले आफूले २० वर्ष पत्रकारिता र परोपकारका संलग्न हुँदाभन्दा राजनीति सुरु गरेपछिका वर्षमा बढी देशको समाज र राजनीतिलाई चिनेको पनि लेखेका छन्।

‘विश्वास गर्नोस्, यो देश र भावी पुस्ताको माया (माथि भनिए झैँ थोरै अपवादलाई छोडेर) कुनै राजनीतिकर्मीलाई छैन’, उनले लेखेका छन्, ‘भावी पुस्ता सम्झेर मन काटिन्छ तर गरिहाल्न सक्ने केही छैन!’

चर्चामा

सम्बन्धित समाचार