आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • देश
  • घरमा शंख किन राखिन्छ ? यस्ता छन् अद्भूत फाइदा

घरमा शंख किन राखिन्छ ? यस्ता छन् अद्भूत फाइदा

  • शुक्रबार, भदौ ८, २०८०
घरमा शंख किन राखिन्छ ? यस्ता छन् अद्भूत फाइदा

काठमाडौँ– हिन्दु संस्कृतिमा शंखलाई महत्त्वपूर्ण मानिन्छ । शंखमा ॐ ध्वनि प्रतिध्वनित हुन्छ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश र लक्ष्मीको प्रतीक मानिन्छ ।

पुराण र शास्त्रमा शंख ध्वनिलाई अत्यन्त कल्याणकारी मानिन्छ । वास्तु शास्त्रमा समेत शंख ध्वनि अर्थात् शंखनादबाट कुनै पनि स्थानको नकारात्मकता नष्ट गर्न सकिन्छ ।

वास्तु शास्त्रकाअनुसार, शंखमा वास्तु दोष हटाउने अद्भुत शक्ति हुन्छ, जुन घरमा शंख राखिएको हुन्छ त्यहाँ हरेक कुरा पनि राम्रो हुन्छ ।

शास्त्रका अनुसार, पूजा स्थलमा देवी लक्ष्मीको साथ शंखको स्थापना गरी पूजा गरिन्छ भने त्यहाँ स्वयं लक्ष्मी माताको वास हुन्छ ।

वास्तु शास्त्रका अनुसार शंखमा यस्ता केही महत्त्वपूर्ण गुण हुने गर्दछन् जसले घरमा सकारात्मक ऊर्जा भित्रने गर्दछ । शंखको आवाजले सुतेको भूमि समेत जाग्रत हुने मान्यता छ ।

यदि घरको कुनै वास्तु दोष रहेको छ भने कोठाको एक कुनामा शंख राखेमा त्यहाँको वास्तु दोष नष्ट भएर जाने गर्दछ । त्यसैले घरमा शंख राखेमा वास्तु दोषबाट छुटकारा पाउन सकिन्छ । साथै धन प्राप्ति हुने गर्दछ ।

शंखनाद गर्दा समेत शंखको ध्वनि पुगेको स्थानसम्मको त्यहाँ खुसियाली र समृद्धि बनी रहने गर्दछ ।

चर्चामा

सम्बन्धित समाचार