बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • परमिता राणाले सार्वजनिक गरिन् ‘सोलमेट’

परमिता राणाले सार्वजनिक गरिन् ‘सोलमेट’

  • मङ्लबार, भदौ ५, २०८०
परमिता राणाले सार्वजनिक गरिन् ‘सोलमेट’

मोडल तथा अभिनेत्री परमिता राणाले आफ्नो सोलमेट सार्वजनिक गरेकी छिन् । परमिताले सोमबार राती आफ्नो इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेर प्रेमीबारे जानकारी दिएकी छिन् ।

उनले भिडियोको क्याप्सनमा लेखेकी छिन्, ‘हाई सोलमेल’ । यसका साथै उनले ह्याप्पिनेस, लभ, सोलमेट, कपल, विद् यु लगायतका ह्यासट्याग प्रयोग गरेकी छिन् ।

यसका साथै उनले ह्यासट्यागमा मलयालम पनि लेखेकी छिन् । उनका प्रेमीबारे केही जानकारी उपलब्ध छैन । तर यो ह्यासट्यागका कारण उनका प्रेमी भारतीय हुन् कि भन्ने धेरैले अनुमान गरेका छन् ।

परमिता हाल भारतको महाराष्ट्रमा बस्छिन् ।

परमिताले सार्वजनिक गरेको भिडियोमा उनका प्रेमीले लगाएको पहिरनले पनि उनी भारतीय हुन् कि भन्ने शङ्का धेरैको छ ।

भिडियोमा धेरैले उनीहरूलाई बधाई दिएका छन् । परमिताले अन्ततः आफ्ना प्रेमी सार्वजनिक गरेकोमा खुसी लागेको भन्दै धेरैले प्रतिक्रिया दिएका छन् ।

पूर्व बैंकर रबिना देशराजको दोस्रो विवाहका बेला परमिता र अभिनेता आशिरमान देशराज श्रेष्ठ जोशीबीचको सहजता देखेर धेरैले उनीहरूको सम्बन्धमा चासो व्यक्त गरेका थिए ।

परमिता मोडल तथा अभिनेता आयुष्मान् देशराज श्रेष्ठ जोशीसँगको प्रेम सम्बन्धका कारण पनि चर्चित थिइन् । आयुष्मान् आशिरमानका दाजु हुन् ।

चर्चामा

सम्बन्धित समाचार