• होमपेज
  • देश
  • सभाध्यक्षलाई दुरुपयोग गर्दै कोशीका मुख्यमन्त्रीले लिए विश्वासको मत

सभाध्यक्षलाई दुरुपयोग गर्दै कोशीका मुख्यमन्त्रीले लिए विश्वासको मत

  • सोमवार, भदौ ४, २०८०
सभाध्यक्षलाई दुरुपयोग गर्दै कोशीका मुख्यमन्त्रीले लिए विश्वासको मत

काठमाडौँ — प्रदेश सभाको अध्यक्षता गर्ने सांसद इस्राइल मन्सुरी समेतको मतबाट कोशीका मुख्यमन्त्री उद्वव थापाले सोमबार विश्वासको मत पाएका छन् । उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्ने दिन विरामी भएको सूचना दिएर बैठक सञ्चालनका लागि मन्सुरीलाई अधिकार प्रत्यायोजन गरेकी थिइन् ।

उपस्थित ७७ जना रहेकोमा थापाको पक्षमा ४७ र विपक्षमा ३० मत परेको थियो ।

एमालेबाट उपसभामुख बनेकी दनुवारले सत्ता गठबन्धनको तर्फ मत बहुमत पुग्न नदिने नीतिअनुसार बैठक छलेपछि कांग्रेसका मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए । मन्सुरीको मत नपाउने हो भने थापाले विश्वासको मत पाउने थिएनन् । त्यसैले उनले पनि थापालाई विश्वासको मत दिए ।

प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । अध्यक्षता गर्ने व्यक्तिले दिएको मतको वैधानिकताबारे अब फेरी प्रश्न उठेको छ । अब यसबारे फेरिअदालतमा मुद्दा पर्ने संभावना छ ।

चर्चामा

सम्बन्धित समाचार