सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिममा गौरापर्व सुरु, आज बिरुडा भिजाँइदै

सुदूरपश्चिममा गौरापर्व सुरु, आज बिरुडा भिजाँइदै

  • सोमवार, भदौ ४, २०८०
सुदूरपश्चिममा गौरापर्व सुरु, आज बिरुडा भिजाँइदै

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु भएको छ । केही ठाउँमा आजदेखि गौरापर्व शुरु गरिएको छ भने केही ठाउँमा भदौ १८ गतेदेखि गौरा पर्व शुरु हुने भएको छ । गौरापर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै यहाँका अधिकांश ज्योतिषहरुले पञ्चाङ्ग निर्णायक विकास समितिले गौराका लागि तय गरेको तिथीप्रति असनतुष्टी जनाएका छन् ।

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।

गौरा पर्वको पहिलो दिन महिलाहरूले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन् । व्रतालु महिलाहरूले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामूहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको छ । यो पर्वमा खास गरेर विवाहित महिलाहरूले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् ।

चर्चामा

सम्बन्धित समाचार