आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • बर्षाले भत्किएका बाटो मर्मत गर्दै नेपाली सेना

बर्षाले भत्किएका बाटो मर्मत गर्दै नेपाली सेना

श्रमदान अभियानमार्फत जिल्लीमा पहिराे पन्छाउदै बाटाे मर्मत

  • आइतवार, भदौ ३, २०८०
बर्षाले भत्किएका बाटो मर्मत गर्दै नेपाली सेना

टेकबहादुर बुढा, बाजुरा — बाजुरा जिल्लाका बिभिन्न ठाउँमा बर्षाले भत्किएको सडक तथा बाटोहरु निर्माणमा नेपाली सेना सक्रिय भएको छ । बर्षातका कारणले आगमनमा समस्या भएपछि नेपाली सेनाको टोली बाजुराका विभिन्न ठाउँमा बाढी पहिरोले अबरुद्ध सडक तथा बाटोहरु खुलाउन लागेको दुर्गाभन्जन गुल्लमका गुल्लमपति तथा मेजर धर्मेन्द्र बहादुर सिहले बताएका छन ।
बडीमालिका नगरपालिका ८ मा रहेको मार्तडी त्रिबेणी सडकको नेपाली सेनाले मर्मत गरेको छ । मार्तडी कोल्टी सडक अन्तर्गत बिभिन्न ठाउँमा सडक समेत पहिरोले बगाउदा हिड्डुल गर्न समेत समस्या भएपछि सेनाले बाटो मर्मतमा लागेको छ ।

उक्त सडक खण्डको बडिमालिका नगरपालिका ७ मा अबिरल बर्षाका कारण विभिन्न ठाउँमा बाढी पहिरोले बाटोहरु अबरुद्ध भएको छ । आवतजावतमा समस्या भएको भन्दै बाटो मर्मत कार्यमा नेपाली सेनाको टोली खटिएको छ ।

नेपाली सेनाका मेजर धर्मेन्द्र बहादुर सिंहको नेतृत्वमा ४० जना सेनाको टोली मर्मत कार्यमा जुटेको छ । जिल्लीमा बर्षौदेखिको पहिरो लागेको र यस बर्षको बर्षायममा पनि पहिरो गएर आवतजावत गर्ने सकिने अवस्था समेत नभएकाले आवतजावतमा सहज हुनुका साथै सडक मर्मत गर्न नेपाली सेनाको टोली बाटो खुलाउन जुटेको दुर्गाभन्जन गुल्लमका गुल्लमपति धर्मेन्द्र बहादुर सिहले बताएका छन ।

जिल्लीमा लागेको पहिरोले मार्तडी कोल्टी सडकखण्ड अबरुद्ध हुनुका साथै आवतजावतमा समस्या भएको भन्दै बडिमालिका नगरपालिकाले सबैको सहभागितामा जनश्रमदान अभियान मार्फत मर्मत गरिरहेका छन । नेपाली सेनाको उक्त बाटो मर्मतमा मुख्य भुमिका रहेको वडा अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् ।

जिल्लीमा लागेको पहिरोले मार्तडी कोल्टी सडकखण्ड अबरुद्ध हुनुका साथै आवतजावतमा समस्या भएको भन्दै आज बडिमालिका नगर उपप्रमुख नन्दा थापा, वडा अध्यक्ष धर्मराज पाध्याय, वडा सदस्य, शिक्षक तथा स्थानियहरुसमेत जनश्रमदान अभियान मार्फत मर्मत गरिरहेका छन ।

त्यस्तै उक्त उक्त अभियानमा अनेरास्ववियू बाजुरा पनि जुटेको छ । सामाजिक कार्य नै हाम्रो श्रम हो भन्ने हेतुकासाथ अनेरास्ववियु बाजुरा पनि यस अभियानमा जुटको अनेरास्ववियुका जिल्ला अध्यक्ष दिलबहादुर थापाले बताएका छन ।

जिल्लीमा लागेको पहिरोले वारपार गर्न समस्या भएको छ भने छेउमै रहेको लक्ष्मी मावि पनि उक्त पहिरोको उच्च जोखिममा रहेको छ । अहिले निरन्तर रुपमा पहिरो बगिरहेकाले केहिदिन देखि बिद्यालयसमेत बन्द भएको स्थानियहरुले बताएका छन । जिल्लीमा वरपर गाउँ र बिचमा ठुलो पहिरो लागेकाले पुरै गाउँ नै पहिरोको जोखिममा रहेको स्थानिय दिपक तिमिल्सीनाले बताएका छन ।

यसरी जिल्ली पहिरोमा आवतजावतका लागि नेपाली सेना लगायत जनश्रमदान अभियान मार्फत मर्मतमा जुटेपनि पहिरो भने पन्छिने अवस्था ग्राहो रहेको उनले वताए । वडाले हाम्रो विकास हामीले गर्ने, सामाजिक कार्य हाम्रो श्रम भन्ने कुरालाई आत्मसात गदै जनप्रतिनिधिसहित सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानियहरु अबरुद्ध बाटोहरु मर्मत कार्यका लागि सक्रियता पूर्वक निरन्तर लागिरहेका छन ।

श्रमदान अभियानमार्फत ४ वटा खोलामा काठेपुल निर्माण, करिब २ सय ४० मिटर बाटोमा वाल ग्याविन जाली र दूई वटा खानेपानी योजना मर्मत गरिएको वडा अध्यक्ष पाध्यायले बताए । ढम्कनेबाट सुरु भएको उक्त अभियान रजातोली हुदै हिजो मार्तडी कोल्टीको मुल पैदलबाटो खडुकामा अबिरल बर्षाले बाटो भत्किएको बाटो मर्मत गरिएको थियो ।

सडक अबरुद्ध भएमा सडक खुलाउनका लागि सेना तयारी अबस्थामा राखिने उनले वताएका छन् ।बर्षातको बेला हरेक जिल्लामा तैनाथ सैनिक टोली विपद् व्यवस्थापन तथा क्षति न्युनिकरणका लागि सधै सेनाले तयारी अवस्थामा राख्ने गरेको छ ।

बाजुराको सदरमुकाम मार्तडीमा रहेको दुर्गाभञ्जन गुल्म पनि सधै सैनिक टोली विपद् व्यवस्थापन तयारी अबस्थामा रहेको सेनाले वताएका छन् । No description available.No description available.

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार