आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • अबिरल बर्षाले भत्किएका बाटोमर्मत कार्यमा श्रमदान अभियान

अबिरल बर्षाले भत्किएका बाटोमर्मत कार्यमा श्रमदान अभियान

श्रमदान अभियानमा सबैलाई सहभागी हुन वडा अध्यक्ष पाध्यायकाे आग्रह

  • शनिबार, भदौ २, २०८०
अबिरल बर्षाले भत्किएका बाटोमर्मत कार्यमा श्रमदान अभियान

बाजुरा — बडिमालिका नगरपालिका ७ मा अबिरल बर्षाका कारण विभिन्न ठाउँमा बाढी पहिरोले बाटोहरु अबरुद्ध भएर आवतजावतमा समस्या भएको भन्दै श्रमदान अभियान मार्फत वडाबासी मर्मत कार्यमा जुटेका छन ।

श्रमदान अभियानमा वडाका जनप्रतिनिधिसंगै सशस्त्र प्रहरी बल तथा स्थानियहरु क्षेति भएका बाटाहरुको मर्मत कार्यमा जुटेका हुन । हाम्रो विकास हामीले गर्ने, सामाजिक कार्य हाम्रो श्रम भन्ने कुरालाई आत्मसात गदै जनप्रतिनिसहित सशस्त्र प्रहरी तथा स्थानियहरु अबरुद्ध बाटोहरु मर्मत कार्यका लागि सक्रिय रुपमा लागिरहेका छन ।

उक्त श्रमदान अभियानमा १० जना सशस्त्र प्रहरी बल र जनप्रतिनिधिसहित स्थानियहरुको बाक्लो सहभागितामा बाटो मर्मत कार्यमा जुटेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन । हालसम्म उक्त श्रमदान अभियानमार्फत ४ वटा खोलामा काठेपुल निर्माण, करिब २ सय ४० मिटर बाटोमा वाल ग्याविन जाली र दूई वटा खानेपानी योजना मर्मत गरिएको वडा अध्यक्ष पाध्यायले बताए ।

ढम्कनेबाट सुरु भएको उक्त अभियान रजातोली हुदै आज मार्तडी कोल्टीको मुल पैदलबाटो खडुकामा अबिरल बर्षाले बाटो भत्किएको बाटो मर्मत गरिएको छ । समुदायको विकासमा सवैको एक्यबद्धता र जागरुकता आवश्यक रहेको बताउदै वडा अध्यक्ष धर्मराज पाध्यायायले जनप्रतितिनिधिको नेतृत्वमा यो अभियानलाई निरन्तरता दिइरहेको बताएका छन् ।

यसरी सामाजिक कार्यमा जनप्रतिनिधिसंगै सुरक्षा निकाय तथा स्थानियलगायतकाे सक्रियता पुर्वक काममा लागि रहेका भन्दै वडा अध्यक्ष पाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई धन्यवाद प्रकट गरेका छन ।

सोहि अभियानका क्रममा भोलि जिल्लीको पहिरोमा बाटो बनाउने भएकाले सबैलाई सहभागिताका लागि वडा अध्यक्ष पाध्यायले अनुरोध गरेका छन । No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार