• होमपेज
  • प्रदेश १
  • कोशीमा सभामुख त्यागेका बाबुरामलाई माओवादीले बनायो केन्द्रीय सदस्य

कोशीमा सभामुख त्यागेका बाबुरामलाई माओवादीले बनायो केन्द्रीय सदस्य

  • शुक्रबार, भदौ १, २०८०
कोशीमा सभामुख त्यागेका बाबुरामलाई माओवादीले बनायो केन्द्रीय सदस्य

काठमाडौं — सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा दुईजना सदस्य थप गरेको छ । माओवादेले बाबुराम गौतम र अशोककुमार मण्डललाई पूर्ण केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनीग गौतम कोशी प्रदेशका निवर्तमान सभामुख हुन् । उनले मुख्यमन्त्री उद्धव थापालाई बहुमत पुर्याउन सभामुख पदबाट राजीनामा दिएका थिए । हाल उनी कोशी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका छन् ।

गौतमले कोशी प्रदेश सभामुखबाट राजीनामा दिएसँगै माओवादीले केन्द्रीय सदस्य बनाएको हो ।

यससँगै माओवादी केन्द्रीय सदस्य संख्या ४११ पुगेको छ । गत साउन १७ देखि २१ सम्म बसेको केन्द्रीय समिति बैठकमा विधान संशोधनपछि पार्टीले २४ जना केन्द्रीय सदस्य थप गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार