शुक्रबार, पुस २६, २०८१

मेरा “बा”

  • शुक्रबार, भदौ १, २०८०
मेरा “बा”

बा, मेरो पनि बा, मेरो बा का पनि बा ।
सबैको बा हुनै पर्ने, तिम्लाई यस्तो के भा।।

अँह म मान्दिनँ भन्दा, सबले मान्नै पर्ने बा।
कति भनौ कसलाई देखाउ, यि मन भित्रका घा

पुष्पलाल र मदन संगै, तस्विर राख्नु पर्ने बा।
हो मलाई मान्दैन भने, जे गर्छस जाँ जान्छस् जा।।

बा हामी सबका बा, उनका बा का पनि बा।
जान्दछु त उखान टुक्का, अरु मलाई के था।।

बा लाई पत्तै छैन, मेरो उमेर कति माथि गा ।
कुण्डलीमा मिति सारेरै भएपनि, बा आफैं हुन्छन बा।।

“बा” मेरा पनि बा, मेरो बा का पनि बा ।
“बा” हामी सबका बा, उनका बा का पनि बा ।

चर्चामा

सम्बन्धित समाचार