आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • बुढिगंगा नदिको कटानले खेतियोग्य जमिन मासिदै, दर्जनौ बस्ति उच्च जोखिममा

बुढिगंगा नदिको कटानले खेतियोग्य जमिन मासिदै, दर्जनौ बस्ति उच्च जोखिममा

  • बुधबार, साउन ३१, २०८०
बुढिगंगा नदिको कटानले खेतियोग्य जमिन मासिदै, दर्जनौ बस्ति उच्च जोखिममा
बाजुरा–बर्षायाम सुरुसँगै बुढिगंगा नदिको कटानले गर्दा बाजुरा र अछाम जिल्लामा खेतियोग्य जमिन बगरमा परिणत हुदै गएका छन् । बुढिगंगा नदिमा आएको बाढिले खेतियोग्य जमिन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । 
यो बर्ष पनि बर्षातको समयमा नदिले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौ बस्ति नदिको जोखिममा रहेको स्थानियले वताएका छन् । गत बर्षनै बुढिगंगा नगरपालिका १ अमकोटमा १ सय ७ परिवारको खेतियोग्य जमिन बुढिगंगा नदिले कटान गरेको थियो ।
सोही नगरपालिका ३ ताप्रिसेरामा रहेको ५० परिवारको जग्गा बगरमा परिणत भएको स्थानिय हिरा थापाले बताएका छन् । बडिमालिका नगरपालिका २ घागरमा गत बर्ष खेतियोग्य जमिन कटान हुदै यो बर्ष नदिले कटान गर्न शुरु गरेको छ ।
आफ्नो १९ मुरि धान फल्ने खेत बगाएको छ, घर पनि पुर्ण रुपमा जोखिममा भएकाले घरनै छोडेर लेख तिर बसाई सर्न लागेको स्थानिय हिरा पाध्ययाले वताएका छन् । धान फल्ने खेत नै नदिले कटान गरेपछि खाद्य सकंट सम्भाबना समेत बढेको छ ।
नदिका कारण बडिमालिका नगरपालिका २ पानि नाउलामा २५ परिवारको जग्गा नदिने पुरै कटान गरेको स्थानिय धन बढुवालले वताए । प्रत्येक बर्ष कटान गर्दै आएको थियो, यो बर्ष देखि पुर्ण रुपमा खेतियोग्य जमिन बगाएको उनले वताए ।
त्यस्तै त्रिबेणी नगरपालि ३ वडा र बुढिगंगा नगरपालिका ३ वडाको खेतियोग्य जमिन नदिले कटान गदै आएको स्थानिय दिपक शाहले वताएका छन् । नदिको छेउमै रहेका ताप्रीसेरा, राप्का, बार्जुगाडा, मौर लगायत बजार उच्च जोखिममा रहेको शाहले वताए ।
तल बाट नदिले कटान गर्दै आए पछि बजार जोखिममा रहेका छन्, केही बिस्थापित भइसेको उनले वताए । त्यस्तै बुढिगंगा नदिले अछाम जिल्लामा पनि खेतियोग्य जमिन कटान गदै आएको साँफेबगर नगरपालिका २ बस्ने कमल साउदले वताएका छन् ।
साँफेबगर नगरपालिकाको बुढाबगर, ठाँटि, साँफे र कालिमाटिमा खेतियोग्य जमिन कटान गर्दै आएको छ । जग्गा कटान गर्दै आएपछि बस्ति समेत जोखिममा रहेको स्थानियले वताएका छन् । बुढिगंगा नदिले अछाममा रहेको धार्मिक स्थल बजैनाथ क्षेत्रको केही भुभाग पनि कटान गर्दै आएको छ । मन्दिर पनि नदिको चपेटमा परेको छ ।
नदिको मारमा साँफे मार्तडी सड्क खण्ड पनि परेको छ । अछामको साँफे देखी बाजुराको मार्तडी सम्म ५७ किलोमिटर मध्ये अधिकांश सड्क खण्डको नदिकै किनारमै रहेको छ । बाजुराको गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका, बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिकाका तटिय क्षेत्रका जोखीम बस्तीको ब्यबस्थापनमा कसैको ध्यान गएको देखीदैन ।
बुढिगंगा नदिको बहाफ संगै तटिय क्षेत्र कटान गर्दा दर्जनौ बस्ती बगाएको छ तर तिन ओटै सकार बाट कुनै पहल भएको देखीदैन । तत्कालीन अबस्थामा पालहरु दाल चामल दिएको भए पनि दिर्घकालिन योजना नबनाएकै कारण आउने बर्षाको समयमा पनि दर्जन बढि बस्तीहरु झन जोखीममा रहने देखीन्छन ।
गत बर्षको साउन २५ गते गएको बाढिले एक गाउँपालिका र तिन नगरपालिकाका गरि दर्जन बढि बस्तीहरु जोखीममा परेका भए पनि स्थानीयले सरकारबाट कुनै सौलियत नभएको गुनासो गरेका छन । बुढिगंगा नदिले तिन झोलुुङ्गे पुल र गाडि गुडन् एउटा बेलिब्रिज बगाएको थियो । 
त्यो बेला बाजुरा जिल्ल्ला देखी अछामको साफेँँ सम्मका तटिय क्षेत्रममा रहेका बस्ती जोखीममा रहेका बेला तत्त्कालीन गृह मन्त्री रामबहादुर थापा सहित प्रदेशका मुख्य मन्त्रि र मन्त्री समेत बाजुरा पुगरे अनुुगमन गरेको भएपनि कटान रोक्नका लागि कुनै काम नगरेको पाईएको छ । 

चर्चामा

सम्बन्धित समाचार