सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • भाइरल बनेका बाजुराका खगेन्द्र धामीको पठनपाठन सुनिश्चित

भाइरल बनेका बाजुराका खगेन्द्र धामीको पठनपाठन सुनिश्चित

  • बुधबार, साउन ३१, २०८०
भाइरल बनेका बाजुराका खगेन्द्र धामीको  पठनपाठन सुनिश्चित

बाजुरा– हिजोआज सामाजिक सञ्जालमा आउने फोटो वा भिडियाे, कुन कतिबेला विश्वभर पुग्छ भन्ने थाहै हुँदैन । केही दिनदेखि सामाजिक सञ्जालमार्फत यस्तै एउटा भिडियाे भाइरल बन्यो, जहाँ एक हुल बालबालिकालाई शैक्षिक सामग्री वितरण भइरहेको हुन्छ ।

त्यसै लहरमा एक बालक पनि अघि बढ्छन् जसको छाती पूरै लुगाले छोपिएको हुँदैन । कापीकलम पाएपछि उनको मुहारमा चमक देखिन्छ तर धेरैको नजर ती बालकले शरीर ढाक्ने गरी लुगा लगाउन नपाएकोमा पुग्छ । पत्रकार प्रकाश सिंहकाे टिकटक, फेसबुक, ट्विटरमार्फत धेरैले ती बालकको बारेमा चासो राख्दै फोटो र भिडियाे सियर गरेपछी उनको पठनपाठन र खाने अनि बस्ने व्यवस्थाको टुट्गो लागेको  पत्रकार प्रकाश सिंहले बताएका छन।

भाइरल बालक बाजुरा बडिमालिका ७ का खगेन्द्र धामी हुन् । २०७३ सालमा जन्मेका उनले बुवाआमाको माया पर्याप्त पाएनन् । २०७४ सालमा बुवाको निधन भयो भने २०७७ सालमा आमाले अर्को विहे गरेपछि खगेन्द्र एक्ला भए । रिपोर्टिङको क्रममा पुग्दा पत्रकार सिंहले उक्त भिडियाे खिचेर सामाजिक सञ्चालमा राखेका थिए ।

भिडियाे राखेको केही दिनमै खगेन्द्रको पठनपाठन, बसोबासको जिम्मा लिन चाहानेहरु बढेका छन् । पत्रकार प्रकाश सिंहका अनुसार तुलसादेवी हरिहर फाउन्डेसन ललितपुरले खगेन्द्रको पठनपाठन, पालनपोषण गर्ने गरी बडीमालिका नगरपालिकासँग समन्वय गरिरहेको छ ।

अमेरिका बस्ने हेमाश्रीले खग्रेन्द्रको पठनपाठनमा आर्थिक सहयोग गर्ने जानकारी गराएको पत्रकार सिहंले बताएका छन । खग्रेन्द्रका लागि हेमाश्री, सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापा, तनहुँका सङ्गम घर्ती, खगेन्द्र बोगटी लगायतबाट ८ हजार भन्दा धेरै रकम प्राप्त भएपछि खगेन्द्रले लुगाकपडा, झोला किनेको भिडियाे पनि पत्रकार सिंहले सामाजिक सञ्जालमा राखेका छन ।

हामिले कुनै भाइरल हुनलाई भिडियाे खिचेको हैन, उनको अवस्था निकै दयनीय पाएपछि भिडयाे लिएका थियौँ पत्रकार सिंहले बताए। यो अवस्था हुनुमा उनको दोष हैन उनलाई आमाबुवाको माया ममता के हो थाहा छैन् पत्रकार तथा सामाजिक अभियान्ता सिंहले बताए ।

चर्चामा

सम्बन्धित समाचार