बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • सरकार फेरिए बिच्छयाँका झोलुङ्गे पुल फेरिएन, बर्षौ देखी जिर्ण पुलमा आवतजावत

सरकार फेरिए बिच्छयाँका झोलुङ्गे पुल फेरिएन, बर्षौ देखी जिर्ण पुलमा आवतजावत

राज्यको नजर पुगेन बिच्छयाँमा

  • मङ्लबार, साउन ३०, २०८०
सरकार फेरिए बिच्छयाँका झोलुङ्गे पुल फेरिएन, बर्षौ देखी जिर्ण पुलमा आवतजावत
बाजुरा–हिमाली गाउँपालिका १, २ र ३ तथा साविकको बिच्छयाँ गाविसमा रहेका झोलुङ्गे पुल जिर्ण अबस्था छन् । यो आर्थिक बर्षमा पनि तिनै तहका सरकारले जिर्ण झोलुङ्गे पुल बनाउन योजनामा राखेका छैनन् । 
कुनै खोलामा अहिले सम्म पनि झोलुङ्गे पुल निर्माण नहुदा जोखिम मोलेर नदि तर्ने गरेका छन् । सरकार फेरिए तर झोलुङ्गे पुल भने जस्ताका त्यस्तै रहेका छन् । गाउँपालिका १ मा रहेको बिच्छयाँ खोलाको देवलसैनमा रहेको झोलुङ्गे पुल बर्षौ देखी जिर्ण अबस्थामा रहेको छ । झोलुङ्गे पुल जिर्ण भएको धेरै बर्ष भइसकेको भएपनि पुननिर्माणमा कसैको ध्यान नगएको स्थानियले वताएका छन् । 
बिच्छयाँको देवसैनमा बस्ने पर्वधन बुढा अहिले २८ बर्षका भए । उनलाई थाहा भएदेखि गाउँको बिच बाट भएर बग्ने बिच्छयाँ नदिमा बनेको पुल जस्ताको त्यस्तै अबस्थाको छ । बिच्छयाँ साविकको कार्यलय भएको ठाँउमा त्यहि बिच्छयाँ पर्छ, गाबिसमा रहेको माबि एक मात्र त्यहि ठाउँमा छ । जिल्ला वाट गएका सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख पनि त्यहि ठाउँमा जान्छन् । पुल देख्छन्, बनाईदिन्छु भन्छन्, तर कसैको ध्यान नगएको पर्वधन बुढाले वताए । 
अर्को टाढा भएकाले जिल्लाका प्रमुख अहिले सम्म त्यो गाउँमा पुग्न सकेका छैनन् । काठका फल्याक स्थानियले तिन चार बर्षका बदल्ने गरेका छन् । बिचमा ढुङ्गा राखेर जोखिम रुपमा पुल तर्ने गरेका छन् । पुल २०४६ सालमा निर्माण भएको थियो । बिच्छयाँ गाबिसमा भरीका नदिमा प्राय काठेपुल रहेका छन् । केही ठाउँमा त काठेपुल समेत नभएर नदि तर्ने गरेका छन् ।
बिच्छयाँको सिउडेनी खोलामा पनि काठको पुलमा नदि तर्ने गरेका छन् । जिल्ला विकास समिति अन्र्तगत दुर्गम क्षेत्र विकासको योजनामा १५ लाख ९ हजार ७ सयको पुल निर्माण भयो । पुल स्टमेट अनुसार दिगो निर्माण विनानै जिल्ला विकास समितिले भुक्तानि दियो । २०७१ सालमा पुलनै भाषियो । यो बिच्छयाँ पुग्ने मुल बाटोको पुल हो । पुलनै कोल्टो परेपछी पुलवाट आवतजावत पुर्ण रुपमा बन्द रहयो । अहिले नदि तरेर जान्छन्, बर्षातका केही दिन सम्म आवतजावत बन्द हुने गरेको अम्मलाल बुडथापाले वताए । खोलामा अहिले पुल नहुँदा दैनिक रुम्दी, सिउडेनी बाट बिच्छयाँ माबिमा जाने बिद्यार्थीलाई निकै समस्या भएको छ । पटक पटक पुल निर्माणका लागि पहल गरेको भएपनि कसैले वास्ता नगरेको स्थानियको आरोप छ ।
वडा नम्बर ३ गुम्बा गाउँ जाने दुई नदिमा झोलुङ्गे पुल नहुँदा डोरीले तानेर वारपार गर्ने गरेका छन् । हिमाली गाँउपालिका ३ गुम्बा र बौडीको बिचमा पर्ने छिन्दु, गुम्बा खोलामा पुल नहुँदा डोरीले तानेर स्थानिय वारपार गर्ने गरेको स्थानिय लालु कुवर भोटेले वताएका छन् । 
नदि ठुलो भएकाले हिउँदको समयमा पनि नदि तर्न सकिदैन्, डोरीले तानेर वारपार गर्ने गरेका छौ्, पशु चौपाया पनि तानेर वारपार गर्ने गरेको वडा सदस्य जगत बहादुर लामाले वताएका छन् । गुम्बा गाँउमा २६ जना र लाम्पाटामा १२  परिवार बसोवास गर्ने गरेका छन् । हिमाली गाँउपालिका बौडी देखी गुम्बा पुग्दा सम्म दुबै नदिमा झोलुङ्गे पुल नहुँदा कष्टकर तरिकाले नदि तर्ने गरेको सदस्य लामाले वताए । बयबुद्ध लालु कुबरका अनुसार आफुलाइ थाहा भए अनुसार अहिले सम्म नदि तर्ने बेला ८ जना बगेर बेपत्ता भएको उनले वताए । पशुचौपाय बर्षेनी धेरै बगेर मर्ने गरेको छन् ।
हिउँदको समयमा काठेपुल निर्माण गरेपनी बर्षातमा बगाउने र काठेपुल निर्माण गर्न पनि निकै समस्या हुने गरेको उनले वताए । छिन्दु खोला झोलुङ्गे पुल नुहदा गुम्बा गाँउमा मात्र नभइ हिमाली भेग तिर जान र सैन हिमालमा जडिबुटि संकलन गर्न जान आवतजावत गर्न निकै समस्या भएको छ । झुलङ्गे पुल निर्माणका लागि पटक पटक पहल गर्दा पनि कतै बाट सहयोग नभएको स्थानियले वताएका छन् ।
नदिमा झोलुङ्गे पुल नभएर बाटो पनि अप्ठयारो भएकाले गुम्वा बाट स्वास्थ्य चौकी, कोल्टि मार्तडी आउन जान लागि जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ । स्थानिय सरकार आएको ७ बर्ष पुग्न लाग्दा पनि यि नदिमा पुल बनाउने शुरसार नभएको स्थानिय वताउछन् । 
हिमाली गाँउ पालिकाको १, २ र ३ गाँउ बाजुराको सबै भन्दा विकट र दुर्गम गाँउ हो । सदरमुकाम मार्तडी बाट नजिकको गाँउ पुग्न तिन दिन लाग्ने गरेको छ, भने टाढाको गाँउ पुग्न पाँच दिन लाग्छ । अन्तिम सिमाना पुग्न त दश दिन भन्दा बढि लाग्ने गर्छ । यो ठाँउमा विकास निर्माणका काम शुन्य जस्तै रहेका छन् । भौगोलिक हिसाबले पुरै बाजुराको ३५ प्रतिशत भुगाभाग ओगटेको छ । साविकको बिच्छयाँ गाबिसमा २०७८ सालको जनगणना अनुसार ३ हजार ३ सय ७१ जनसंख्या रहेको छ । 

चर्चामा

सम्बन्धित समाचार