• होमपेज
  • देश
  • एमालेले माग पूरा नभएसम्म संसदको अवरोध कायमै राख्ने

एमालेले माग पूरा नभएसम्म संसदको अवरोध कायमै राख्ने

  • आइतवार, साउन २८, २०८०
एमालेले माग पूरा नभएसम्म संसदको अवरोध कायमै राख्ने

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुनकाण्डबारे उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै राख्ने अडान दोहोर्‍याएको छ ।

एमालेले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर संसदको अवरोध कायमै रहने अडान दोहोर्‍याएको हो ।

पत्रकार सम्मेलनमा प्रस विज्ञप्ति वाचन गर्दै एमाले नेता राजेन्द्र गौतमले उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म एमाले पछि नहट्ने बताए । सरकारका उच्च स्तरीय छानबिन समिति गठन नगरेकाले संसदमा गतिरोध उत्पन्न भएको गौतमले बताए ।

अध्यक्ष केपी ओलीको अगुवाईमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले पत्रकारहरुबाट सोधिएका प्रश्नको जवाफ दिएका थिए । पत्रकारको दीर्घाबाट ‘अब एमाले चिसैपानीले नुहाउँछ कि ?’ भन्ने प्रश्न आएपछि आक्रोशित हुँदै ओलीले भने, ‘अलि विरोधभाव नदेखाइकन प्रश्न गर्दा पनि हुन्छ भन्ने लाग्छ ।’

चर्चामा

सम्बन्धित समाचार