सुरेशकुमार पाण्डे —गजल!
अनाडी भए नेता रता देशको सत्यानाश भयो,
सधैभरी युवाहरू को समेत बाहिरै बाश भयो।
बाबा ले लाहुरे बनेर डिग्रि दिलायो छोरालाई,
राहदानी छोप्यो र छोरा देशबाट निकास भयो।
जनताले चुने संसदमा गए जान्छन् सरकारमै,
न देशका भए न जनताका बिदेशी दाश भयो।
चर्का नारा लगाउंछन् अवसरबादहरू देश मा,
जस्तोसुकै भएपनी जनताबाट त्यो पास भयो।
देशको कहाली लाग्दो अबस्था छ हिंजोआज,
बहादुर जनताको समेता आज उपहास भयो।
तिमिले प्रेमका कुरा गर्छो बहरका कुरा गर्छौ,
आज हाम्रै अगाडी धेरै समस्याको रास भयो।