शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • देश
  • सेती नदीमा माछा मारिरहेका कैलालीका एक जना वेपत्ता

सेती नदीमा माछा मारिरहेका कैलालीका एक जना वेपत्ता

  • शनिबार, साउन २७, २०८०
सेती नदीमा माछा मारिरहेका कैलालीका एक जना वेपत्ता

अर्थ जङ्ग शाही — बझाङमा सेती नदीमा माछा मारिरहेका एक जना वेपत्ता भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका -९ का करिब ३२ वर्षीय प्रकाश वम शुक्रबार वेलुका सेती नदीस्थित झनाना पुल मुनी माछा मारिरहेको समयमा बगेर वेपत्ता भएका हुन्।

उनी लामो समयदेखि बझाङमा सडकको काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यसैबीच एक जना युवकको शव सेती नदीस्थित देउरा बजुवा बगरमा फेला परेको रायल प्रहरी चौकीले जनाएको छ ।

उक्त शव बेपत्ता वमको हो वा होइन भन्ने बारेमा पुष्टि गर्न बाँकी रहेको प्रहरीको भनाई छ । अहिले शव पुष्टि गर्न रायल प्रहरी चौकीबाट एक टोली खटिएको छ ।

चर्चामा

सम्बन्धित समाचार