आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राजनीति
  • पत्रकार सम्मेलनमा सांसद पाण्डेले चेतन र संजिव हत्याबारे यस्तो भनेका थिए (भिडियो सहित)

पत्रकार सम्मेलनमा सांसद पाण्डेले चेतन र संजिव हत्याबारे यस्तो भनेका थिए (भिडियो सहित)

  • शुक्रबार, साउन २६, २०८०
पत्रकार सम्मेलनमा सांसद पाण्डेले चेतन र संजिव हत्याबारे यस्तो भनेका थिए (भिडियो सहित)
बाजुरा–प्रेस युनियन बाजुराले गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद बद्रीप्रसाद पाण्डेले बोलेका अभिब्यक्ति एमाले भातृसंगठनले बिरोध जनाएको छ । बुधवार बिहान पत्रकार सम्मेलनमा पाण्डेको अभिब्यक्ति प्रति अनेरास्वीयु र युवा संघले आपत्ती जनाउदै पत्रकार सम्मेलन समेत गरेका थिए ।
पत्रकार सम्मेलनमा पत्रकार प्रकाश सिंहले संजिव अयडिको न्याय बारे काँग्रेस किन बोल्दैन् भने प्रश्न गरिएको थियो । 
पाण्डेले पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा यस्तो भनेका थिए :—
“हाम्रो संजिव अयडिको सन्दर्भमा प्रकाशजीले कुरा जसरी यहाँ उठाउनु भयो अन्त पनि यसरी उठाउनु होला । यँहा कस्तो गरि छायामा पार्न खोजियो भने, त्यो बेला यसरी राजनितिक हिसाबले प्रपोकाण्डा बनाइयो भने उनको  (संजिव) मृत्युलाई छायामा पार्ने चेस्टा भयो । चेतन ऐडिको मृत्युसँग हामी दुखित छौ ।  तर चेतन ऐडीको मृत्युलाई हतियार बनाएर निर्दाेष मान्छेहरुलाई फसाउने काम भइरहेको छ । अहिले अदालतमा मुद्धा विचाराधिन अवस्थामा छ । त्यसैले यसलाई हामी धेरै चर्काउने पक्षमा छैनौ । हामी हेरिरहेका छौ, संजिवलाई पनि न्याय दिलाउछौ, चेतनलाई पनि न्याय दिलाउछौ । हामीले त्यो प्रारम्भदेखि भनेकै हौ र दोषीहरु उम्किदैन, निर्दोषहरुलाई फसाउनु हुदैन भन्ने हाम्रो दृढ मान्यता छ ।
सहसचिवको चाहि जुन टोली याँहा आएको थियो त्यो मैले नै आग्रह गरेर छानविन गर्दिनुहोस प्रारम्भमा भनेर त्यो टोलीले अध्ययन गर्याे र रिपोट पनि दियो, त्यो रिपोट गृहमन्त्रालयमा सुरक्षित छ । त्यहि रिपोटको आधारमा सहिद वा सोसहर राज्यलेनै क्षतिपुर्ति स्वरुप दुइटै परिवारलाई दश दश लाख दिइएको अबस्था छ त्यो बेला । धेरै समय नलगाइ हामीले तत्काल दश दश लाख क्षतिपुर्ति भनेको नेपालमा भएका सहिदहरुलाई दिने आर्थिक कोणबाट हेर्दा चाहि दिने बराबरको रकम दिइएको छ । आगामी दिनमा पनि न्यायका लागि लागि रहन्छौ । यो धेरै प्रचारबाजी गर्ने पनि बिषय नभएको र अदालतमा पनि विचाराधिन अवस्थामा रहेको हुनाले हामीले यसलाई ठिक्क ढंङ्ले जँहा उठाउनु पर्ने हो र जँहा परिमाण दिनुपर्ने हो त्यो हिसाबले उठाएका छौ ।”
पाण्डेको यो अभिब्यक्तिलाइ लिएर सामाजिक सञ्जालमा बिभिन्न टिकाटिप्पणी आइरहेका छन् । काँग्रेस समर्थकले पाण्डेको बचाउ गरेका छन्, भने एमाले समर्थक बिरोधमा उत्रिएका छन् ।  
साथै पत्रकार सम्मेलनमा नेपालि काँग्रेसका सहमहामन्त्रि तथा सांसद बद्रि प्रसाद पाण्डेले बाजुराको विकासमा अब परिणाम आउने गरि काम हुने वताएका थिए। आफु चुनाव जितेपछि बाजुरामा संघ बाट सबैभन्दा बढी बजेट यो बर्ष आएको हो, अहिले धेरै काम गर्न सकिएको छैन्, अब बाजुराको विकासमा रेजेल्ट आउने गरि काम हुन्छ पाण्डेले थपे ।
प्रेस युनियन बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद पाण्डेले अहिले यो त्रैमासिक परिक्षा मात्र हो, अब फाइनल परिक्षा पछि मात्र परिणाम आउने वताएका छन् । देशकै अर्थतन्त्र नाजुक भएको बेला हाम्रो निरन्तर प्रयास र पहल बाट यो बर्ष बाजुरामा बजेट पहिलाको तुलनामा बढी ल्याएका छौ । हामिले योजना बनाउदा तथा माग गर्दा बास्तविकतामा आधारित गरेको उनले वताए । 
बाजुराका सबै समस्या एकैचोटि समाधान हुदैन्न, हामि लागिरहेका छौ, सबै मिलेर परिणाम दिने हो पाण्डेले भने । मिडियामा निराशा जगाउने मात्र नभइ सकारात्मक पक्षलाइ बाहिर ल्याउन पाण्डेले आग्रह गरेका छन् । बाजुराका सवालमा आफु लागि रहेको सेति लोकमार्गका बारेमा सरकार सँग तथा काँग्रेस पार्टि सभापति शेर बहादुर देउवा सँग पटक पटक कुरा गरेको उनले वताए । आफु सेति लोकमार्ग चाडो निर्माण हुनुपर्छ भन्नेमा निरन्तर लागेको छु, आफु मात्र नभइ अछाम बझाङ्गका सांसद सँग पनि छलफल गरिरहेको वताए ।
बाजुरामा यो बर्ष त्रिबेणी नगरपालिकामा सघन सहरि कार्यक्रम लागु गर्ने काम भएको पाण्डेले थपे । त्यस्तै कोल्टि बिच्छयाँ हुदै रानिसैन बाट हिल्सा सम्म सडक जोडनका लागि नितिमा राखेर यो पालि बजेट छुट्याउन शुरु गरेको वताए । साँफे मार्तडी सडकखण्डको बल्धेमा ड्राइभसनमा सडक बिभागलाइ भनेर काम शुरु गराउने काम भएको छ, त्यस्तै बाजुरामा बिद्युक्तका बारेमा बिद्युक्त प्राधिकरण सँग पटक पटक छलफल गरेका छौ, चाडै जिल्लानै उज्यालो जिल्लातिर बाजुरालाइ बनाउने पाण्डेले पत्रकार सम्मेलनमा बताएका छन् । 
साथै पाण्डेले पार्टि सृद्दिकरण गर्न अभियान अन्तर्गत बाजुराका ९ वटै पालिकामा काँग्रेसको छलफल रहेको वताए । पाटिलाइ बलियो बनाउन र आन्तरिक ब्यबस्थापनका लागि पालिकामा पुगेर काँग्रेस नेता कार्यकर्ता सँग छलफल गर्ने उनले वताए । पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रिय सदस्य नृप वड, प्रदेश सांसद पदम बहादुर शाही, जुना दानी बाजुरा काँग्रेस सभापति रामसिं रावल लगायतको सहभागिता रहेको थियो । 

चर्चामा

सम्बन्धित समाचार