शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सदुरको पहाडी राजमार्ग तत्काल सुचारु गर्न नेकपा एमाले बाजुराको माग

सदुरको पहाडी राजमार्ग तत्काल सुचारु गर्न नेकपा एमाले बाजुराको माग

  • शुक्रबार, साउन २६, २०८०
सदुरको पहाडी राजमार्ग तत्काल सुचारु गर्न नेकपा एमाले बाजुराको माग

बाजुरा– नेकपा एमाले बाजुराले एक बिज्ञप्ती जारी गर्दै सुदुरपश्चिमको एकमात्र राजमार्ग भिमदत्त राजमार्ग अबरुद्ध भएको प्रति सरकारको ध्यानाकर्षण गराएको छ । भिमदत्त राजमार्ग अबरोध हुँदा सुदुर पश्चिमका पहाडी जिल्लाको आगवनमा समस्या भएकोले बैकल्पीक मार्गका रुपमा रहेका सडकहरु संचालनका लागि सरकारसंग माग गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष कालि बहादुर शाहीको हस्ताक्षेरीत बिज्ञप्तीमा सुदुरपश्चिमका पहाडी जिल्लाको आवत जावतमा समस्या हुनुका साथै सडकको बिषय लिएर बजारमा महगी र कालोबजारी बढ्दै गएकोले तत्काल सडक सुचारु गर्न भनिएको छ ।
सुदुरपश्चिमका पहाडी जिल्लाबाट जिल्ला बाहिर जाने बिरामीहरुलाइ समेत असहज भएकाले तत्काल अबरुद्ध सडक संचालनका साथै अन्य बैकल्पीक मार्गहरुको निर्माण तथा मर्मत कार्य यथासिघ्र गर्न सरकारसंग माग गर्दछौ नेकापा एमाले बाजुराका अध्यक्ष शाहीको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
भिमदत्त राजमार्ग सुचारु गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउनुका साथै चिसापानी जलघाटको पुल र सेती लोकमार्गको निर्माण कार्यमा ढिलाई भएकोले तत्काल काम सुचारु गरि निर्माण कार्य सम्पन्न गर्न बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

May be an image of ticket stub and text

चर्चामा

सम्बन्धित समाचार