शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • एसईई ग्रेडवृद्धि परिक्षा आजदेखी सुरु, बाजुरामा १२ सय बढि बिद्यार्थी परिक्षामा सहभागी

एसईई ग्रेडवृद्धि परिक्षा आजदेखी सुरु, बाजुरामा १२ सय बढि बिद्यार्थी परिक्षामा सहभागी

  • शुक्रबार, साउन २६, २०८०
एसईई ग्रेडवृद्धि परिक्षा आजदेखी सुरु, बाजुरामा १२ सय बढि बिद्यार्थी परिक्षामा सहभागी

बाजुरा– माध्यामिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि (पुरक) परिक्षा आजदेखी सुरु भएकाे छ । बाजुरामा एसईईको ग्रेडवृद्धि (पुरक) परिक्षा लागि बाजुराबाट १२ सय ७९ बिद्यार्थीहरु सहभागी  भएका छन । गत चैत्र १७ गतेबाट सञ्चालन भएको एसईई परिक्षा दिई केहि विषयहरुमा उर्तिण हुन नसकेका र ग्रेडवृद्धि गर्न चाहने बिद्यार्थीहरु सहभागी  भएकाे शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले जनाएको छ ।

जिल्लाभरिका ५ सय ७५ जना छात्र र ७०४ जना छात्रा गरेर कुल १२ सयबढि बिद्यार्थीले ग्रेडवृद्धि (पुरक) परिक्षाको फर्म परेकाे शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले जनाएको छ । बाजुरा जिल्लाभरका ५४ वटा बिद्यालयका छात्र छात्रा ग्रेडबुद्धि परिक्षामा सहभागी  छन । गत असार २३ मा सार्वजनिक भएको एसईई परिक्षाको नतिजाले बाजुरामा सबै भन्दा बढि गणित र अङग्रेजीमा अनुउर्तिण भएका देखिएको र पुरक परिक्षाका लागि पनि सबै भन्दा बढि बिद्यार्थीले गणित र अग्रेजी बिषयमा नै फारम भरेकाे शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले जनाएकाे छ ।

सदरमुकाम मार्तडीमा हुने पुरक परिक्षाका लागि पाँच ओटा परिक्षा केन्द्रहरु  तोकिएका छन । जस अनुसार (क) र (ख) मालिका मावि, (ग) क्रेटरजोन एकेडेमी, (घ) बाजुरा क्याम्पस र (ङ) बालमन्दिर आधारभूत बिद्यालयहरुलाई परिक्षा केन्द्र तोकिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार