शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • चोखो मायाँ सधै अमूल्य बिचार हुनुपर्छ

चोखो मायाँ सधै अमूल्य बिचार हुनुपर्छ

  • बिहिबार, साउन २५, २०८०
चोखो मायाँ सधै अमूल्य बिचार हुनुपर्छ

चोखो मायाँ सधै अमूल्य बिचार हुनुपर्छ,
हाम्रो बिचमा बिस्वासको आधार हुनुपर्छ।

आआफ्नै स्वार्थमा प्रेमको नचढाऊँ बली,
हाम्रो माझमा प्रेम पूर्वक व्यवहार हुनुपर्छ।

देशप्रेम बिना कहाँ जोगिन्छ यो देश पनि,
जनता र देशको हितमा सरकार हुनुपर्छ।

सरकार कति वेकसुर छन् बिदेशी जेलमा,
आफ्ना प्यारा शन्तानको उद्धार हुनुपर्छ।

किन बल्झिन्छौ भ्रष्टाचारभित्र तिमी आफै,
तिम्रो व्यवहारमै पार्दर्शी र निखार हुनुपर्छ।

अपराधीलाई सधै तिमीबाटनै उद्धार भयो,
सरकारको सधै निश्पक्ष कार्यभार हुनुपर्छ।

देश अंमर रहनुपर्छ है,क्रान्ति होला नहोला,
तर अतिक्रमणको बिरोध लगातार हुनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार