बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • एक जनामा डेंगु देखीएपछी वडाबासीलाइ सचेत रहन बुढिगंगा ६ काे अनुराेध

एक जनामा डेंगु देखीएपछी वडाबासीलाइ सचेत रहन बुढिगंगा ६ काे अनुराेध

  • बुधबार, साउन २४, २०८०
एक जनामा डेंगु देखीएपछी वडाबासीलाइ सचेत रहन बुढिगंगा ६ काे अनुराेध

बाजुरा– बुढीगङ्गा नगरपालिका ६ न वडामा एक जनामा डेंगु रोग देखा परेको छ । एक जनामा देखीएको डेङुको संक्रमण अन्य ठाउँमा नफैलीयोस भन्न वडाले सचेत रहन आग्रह गरेको छ ।
डेंगु रोग नियन्त्रण गर्न जोखिम लाई मध्यनजर गरि वडा समितिको आकस्मीक बैठक बसि रोग नियन्त्रणका लागि सबैले लाग्नुपर्ने निणर्य गरिएको वडाअध्यक्ष हेमराज जोशीले बताएका छन ।
वडामा रहेका टोल बिकास सस्था प्रतिनिधि,महिला,वालवालिका,युवा ,शिक्षक लगाएतको आमभेलाबाट घर ,घर टोल टोल मा लामखुट्टे को लार्भा बस्न्न सक्ने ठाउको पहिचान गरि खाल्डा खुल्डी पुर्ने अभियानमा लाग्न वडाअध्यक्ष जोशीले आग्रह गरेका छन ।
घर वरपर रहेका झारपात हरु उखेल्ने टायर लगायतका घोप्टा रुपमा लामो समयसम्म रहेका बाटा बाल्टिन लगायतका सामाग्री उल्टापाल्टा गर्ने धारा पाटी चौतारा घर आगन बाटाघाटा रोड लगायतका ब्यक्तिगत र सार्बजनिक सबैठाउ सरसफाइ अभियान सन्चालन गर्ने निणर्य भएको वडा अध्यक्ष जोशीले बताएका छन । वडा अध्यक्ष जोशीले सम्पुणर् वडा बासिलाइ यस अभियानलाइ सहयोगका लागि अपिल समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार