बाजुरा– राष्ट्रिय भू- संरक्षण दिवसको अवसरमा नेपाली सेनाले बृक्षारोपण गरेर राष्ट्रिय भू- संरक्षण दिवस मनाएको छ । दुर्गाभन्जन गुल्म परिसरमा करिव ४ सय बिरुवा रोपेर दिवस मनाएको हो ।
राष्ट्रिय भू- संरक्षणको दिवसको अवसर पारी दुर्गाभञ्जन गुल्मको अग्रसरमा व्यारेक परिसर भित्र बृक्षारोपण गरिएको दुर्गाभन्जन गुल्म थापाथलीले जनाएको छ ।
वृक्षारोपण कार्यक्रममा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का, दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्र बहादुर सिहं, जिल्लाका अन्य सुरक्षा निकायका प्रमुखहरु, सो गुल्ममा कार्यरत राष्टसेवक कर्मचारी गरी जम्मा १९० जनाको सहभागितामा वृक्षारोपण गरिएको गुल्मले जनाएको छ ।
वृक्षारोपणको क्रममा धरातललाई बलियो बनाउने तथा फलफुललाई टेवा पुर्याउने उद्देश्यले लप्सी-६०ओटा, बकाइनो २० ओटा, बैस २५ ओटा, मसला ५० ओटा, कागती ५० ओटा, रिठ्ठा ५० ओटा, अम्बा ५० ओटा र टिमुर-५० ओटा गरि करिव ४ सय भन्दा बढि बिरुवा राेपेकाे दर्गाभन्जन गुल्मले जनाएको छ ।
उक्त बृक्षारोपण समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले कार्यक्रमको सफलताको कामना सहितको मन्तव्य समेत राखेका थिए । मतन्वयको क्रममा यस्ता किसमका वृक्षारोपणका कार्यक्रमले भू-संरक्षणमा ठुलो सहायता गर्नुको साथै उक्त कार्यलाई अन्य निकायहरुले पनि उदाहरणको रुपमा लिनु पर्ने बिचार व्यक्त गरेका थिए ।
पर्यावरण सुरक्षा तथा भू-संरक्षणमा रुखहरु अति आवश्यक हुने हुंदा पहिलो चरणमा व्यारेक हाताभित्र वृक्षारोपण गरिएको र भविष्यमा जिल्लाका अन्य ठाउँहरुको पहिचान गरि डिभिजन बन कार्यालयसंग समन्वय गरेर वृक्षारोपण गर्ने योजना समेत रहेको दुर्गाभन्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्र बहादुर सिंहले बताएका छन ।