मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराका तिन नदिमा दशै अगाडी बेलिब्रिजको ठेक्का हुन्छ:- प्रदेश सांसद शाही

बाजुराका तिन नदिमा दशै अगाडी बेलिब्रिजको ठेक्का हुन्छ:- प्रदेश सांसद शाही

  • बुधबार, साउन २४, २०८०
बाजुराका तिन नदिमा दशै अगाडी बेलिब्रिजको ठेक्का हुन्छ:- प्रदेश सांसद शाही

बाजुरा–सुदूरपश्चिम प्रदेश सांसद पदम बहादुर शाहीले बाजुराका तिन नदिमा दशै अगावै बेलिब्रिजको ठेक्का लगाउने बताएका छन । बाजुरा प्रदेश ख काँग्रेस बाट निर्वाचित सांसद शाहिले दशै अगाडि ठेक्का लागेर यो आर्थिक बर्षमा बेलिब्रिज निर्माण भएर गाडि गुडने वताएका छन् ।

बुढिगंगा नदिको भौनेरा र मार्तडी कोल्टी सडक अन्र्तगत दुइ ठाउँमा एकबर्षमै बेलिब्रिज निर्माण सम्पन्न गर्नका लागि पहल भइरहेको प्रेस युनियन बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा शाहीले यस्तो बताएका हुन । ति खोलामा बेलिब्रिजको व्यवस्थापन गरेर बर्षातमा पनि सडक सञ्जालमा जोड्न उनले बताए । बुढिगंगा नदिको जडाङ्गामा रहेको बेलिब्रिज र अत्तरियामा रहेका अन्य दुइवटा बेलिब्रिज सडक बिभागको भएकाले प्रदेश सडकलाई हस्तान्तरण गर्ने गरि सम्झौता भैसकेको सांसद शाहीले बताए ।

त्यस्तै सांसद शाहीले बाजुराको विकासलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको बताए । विकासको मेरुदण्ड मानिने जिल्लाका प्रमुख सडकको स्तरोन्नती गर्ने, स्थानिय सडकहरुलाई विस्तार गर्ने तथा बाजुरा बझाङ जोड्ने र डाव खप्तड सडक समेत विस्तार गर्ने बजेट विनियोज भएको सांसद शाहीले बताए ।

बडिमालिका, खप्तड लगायतका क्षेत्रको पर्यटन प्रबद्र्धन गरी अन्य विकासका कार्यक्रमलाई जोड दिने सांसद शाहीले प्रतिबद्धता गरे । जिल्लाका केहि ठाउँमा स्वच्छ खानेपानी तथा सिचाइको व्यवस्था नभएकाले ति ठाउँमा त्यसको व्यवस्था गर्ने बताए । पत्रकार सम्मेलनमा काँग्रेस सहमहामन्त्रि तथा संघिय सांसद बद्रि पाण्डेको समेत सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार