• होमपेज
  • प्रदेश ७
  • कैलालीको बुढीतोला अझै डोजर पुगेन, भ्यागुत्तेपानीको पहिरो हटाइयो

कैलालीको बुढीतोला अझै डोजर पुगेन, भ्यागुत्तेपानीको पहिरो हटाइयो

  • मङ्लबार, साउन २३, २०८०
कैलालीको बुढीतोला अझै डोजर पुगेन, भ्यागुत्तेपानीको पहिरो हटाइयो

धनगढी– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा अवरुद्ध भएको भीमदत्त राजमार्गसम्म अझै डोजर पुगेको छैन। कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार भाँसिएको सडक क्षेत्रमा डोजर नपुगेको हो। भीमदत्त राजमार्गको भ्याँगुत्तेपानीको पहिरो मात्र डोजरले हटाएको छ। राजमार्गको विभिन्न क्षेत्रमा पहिरो र रुख रहेकाले डोजर सडक भाँसिएको क्षेत्रमा पुग्न समय लाग्ने भएको हो। सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइसँग जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सडक सम्पर्क टुटेको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा सोमवार राति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। सोमवार राति पहिरो खसेपछि अवरुद्ध भएको सडक ठाउँ–ठाउँमा चिरा परेर भासिएको छ। सडक भासिएकाले सडक डिभिजन कार्यालय महेन्द्रनगरको प्राविधिक समूह समेत आँउदैछ। प्राविधिकका अनुसार सडक खुलाउने काम हुने छ। तर मंगलवार सडक सुचारु हुने अवस्था नरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। अहिले पनि पहिरो खस्ने क्रम जारी छ। सडकमा रुखहरु भएकाले किरेनसमेत मगाइएको छ। सडक डिभिजनको एक डोजरले पहिरो हटाउने

सुदूरपश्चिमका पहाडी जिल्ला डडेलधुरा, अछाम, डोटी, बाजुरा, बैतडी, बझाङ र दार्चुलाबाट आएका गाडी अहिले तराई आउन सकेका छैनन्। पहाडबाट तराईका जिल्ला कैलाली, कञ्चपुर र काठमाडौं जाने यातायातका साधन बाटोमै रोकिँदा सयौँ यात्रुहरू अलपत्र परेका हुन्। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार