सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा डेंगु सङ्क्रमण फैलिदै, ३ जनामा पुष्टी

बाजुरामा डेंगु सङ्क्रमण फैलिदै, ३ जनामा पुष्टी

  • मङ्लबार, साउन २३, २०८०
बाजुरामा  डेंगु सङ्क्रमण फैलिदै, ३ जनामा पुष्टी

बाजुरा– बाजुरामा ३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बाजुराका अनुसार बैशाख देखी यता ३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जनाएकाे छ । जिल्ला अस्पतालमा डेंगुको सङ्क्रमण पुष्टि भएका दुई जना पुरुष खप्तड छेडेदह गाउँपालिकाका रहेका छन ।

डेंगु सङ्क्रमण पुष्टि भएका  जना सदरमुकाम मार्तडी बस्दै आएका र जिल्ला अस्पतालमा परिक्षण गर्दा डेंगु सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर मिलन जोशीले बताए । बर्षात सुरु भएसंगै अस्पतालमा आउने मध्य डेंगुको लक्षण भएका विरामीहरु मध्य ३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको डाक्टर जोशीले बडिमालिका खबरसँग बताए ।

अस्पताल प्रमुख डाक्टर जोशीले भने बाजुराको हकमा डेंगुबाट बच्न सबैले सरसफाइमा बिषेश ध्यान दिएर सचेत रहनुपर्ने तर डेंगुबाट धेरै आत्तिनु पर्ने अवस्था भने नरहेको बताए । जिल्लामा डेंगु सङ्क्रमण फैलने सदरमुकाम मार्तडी र कोल्टी उच्च जोखिममा रहेको डाक्टर जोशीले बताए ।

सदरमुकाम मार्तडी र कोल्टीमा भने बिशेष सर्तकता अपनाउनु पर्ने बताए । मार्तडीमा धेरै भिडभाड हुनुका साथै बजारबाट ढलहरु उचित ठाउँमा व्यवस्थापन नहुँदा धेरै फोहोर भएकाले र कोल्टीमा बर्षातमा अलि गर्मी हुने भएकाले डेंगुको उच्च जोखिम रहेको बताए । यता जिल्ला स्वास्थ्य कार्यालय बाजुराले भने डेंगुको बारेमा अहिलेसम्म आफूसंग कुनै रिपोर्ट नआएको जनाएको छ ।
डेंगुको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, थकान महशुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिने जस्ता लक्षणहरु देखा पर्ने गरेकाे स्वास्थ्यकर्मीहरुकाे भनाइ रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार