सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक अवरुद्ध, यातायात बन्द

सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक अवरुद्ध, यातायात बन्द

  • मङ्लबार, साउन २३, २०८०
सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक अवरुद्ध, यातायात बन्द

बाजुरा– सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक भासिएको छ। महेन्द्रनगर, धनगढीबाट पाहाड जाने बाटो खानिडाडादेखि बुढितोला सडक पुरै भासिएको छ। भारी वर्षाका कारण सडक भासिएर बाटो बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ।

भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिकाको सेल्फीडाँडा र बुढितोलामा सोमबार राति पहिरो गएको प्रहरीले जनाएको छ । सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जानकारी दिएको छ ।

राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिम पहाडी जिल्लाबाट छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् भने कैलाली र कञ्चनपुरबाट छुटेका सवारीसाधन पनि बाटोमै छन् । सवारीसाधन बाटोमै रोकिएपछि गन्तव्यका लागि हिडेका यात्रुहरु बाटोमै अलपत्र परेका छन् । जेसीबीको प्रयोग गरेर पहिरो पन्छ्याउने कामभइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार