मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा एसईई ग्रेडवृद्धि परिक्षामा १२ सय बढि बिद्यार्थी सहभागी

बाजुरामा एसईई ग्रेडवृद्धि परिक्षामा १२ सय बढि बिद्यार्थी सहभागी

  • सोमवार, साउन २२, २०८०
बाजुरामा एसईई ग्रेडवृद्धि परिक्षामा १२ सय बढि बिद्यार्थी सहभागी

बाजुरा– माध्यामिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि (पुरक) परिक्षाका लागि बाजुराबाट १२ सय ७९ बिद्यार्थीहरु सहभागी हुने भएका छन । गत चैत्र १७ गतेबाट सञ्चालन भएको एसईई परिक्षा दिई केहि विषयहरुमा उर्तिण हुन नसकेका र ग्रेडवृद्धि गर्न चाहने बिद्यार्थीहरु सहभागी हुने भएका छन ।

जिल्लाभरिका ५ सय ७५ जना छात्र र ७०४ जना छात्रा गरेर कुल १२ सयबढि बिद्यार्थीले ग्रेडवृद्धि (पुरक) परिक्षाको फर्म परेका शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले जनाएको छ ।

बाजुरा जिल्लाभरका ५४ वटा बिद्यालयका छात्र छात्रा ग्रेडबुद्धि परिक्षामा सहभागी हुदै छन । गत असार २३ मा सार्वजनिक भएको एसईई परिक्षाको नतिजाले बाजुरामा सबै भन्दाबढि गणित र अङग्रेजीमा अनुउर्तिण भएका देखिएको र पुरक परिक्षाका लागि पनि सबै भन्दा बढि बिद्यार्थीले गणित बिषयमा नै फर्म भरेका शिक्षा विकास तथा समन्वय ईकाइ बाजुरामा कार्यरत प्राविधिक सहायक ममतापाल सिंहले बताएकी छन ।

जिल्ला सदरमुकाम मार्तडीमा हुने उक्त पुरक परिक्षाको तयारी लगभग अन्तिम चरणमा पुगेको उनले बताइन् । एसईईको पुरक परिक्षा यहि साउन २६ र २७ गते बिहान ८ बजेदखि ११ बजेसम्म देसभर हुदैछ । पुरक परिक्षाको अघिल्लो दिन अर्थात साउन २६ गते सानो कोड भएका बिषयहरु हुने छन ।

तर एउटै बिषय मात्रै दिनेहरुका लागि जुनसुकै बिषय भएपनि सोहि दिन हुनेछ भने पछिल्लो दिन २७ गते ठुलो कोड भएका बिषय हुने भएका छन ।

त्यस्तै मार्तडीमा हुने पुरक परिक्षाका लागि पाँच ओटा परिक्षा केन्द्रहरुसमेत तोकिएका छन । जसअनुसार (क) र (ख) मालिका मावि, (ग) क्रेटरजोन एकेडेमी, (घ) बाजुरा क्याम्पस र (ङ) बालमन्दिर आधारभूत बिद्यालयहरुलाई परिक्षा केन्द्र तोकिएका छन ।

यि हुन परिक्षा केन्द्रहरु

May be a doodle of blueprint, ticket stub and text

May be an image of blueprint, ticket stub and textNo description available.

चर्चामा

सम्बन्धित समाचार