• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे स्वास्थ्य अबस्थाका बारेमा स्वास्थ्यमन्त्रीलाइ ध्यानाकर्षण पत्र

बाजुराकाे स्वास्थ्य अबस्थाका बारेमा स्वास्थ्यमन्त्रीलाइ ध्यानाकर्षण पत्र

  • आइतवार, साउन २१, २०८०
बाजुराकाे स्वास्थ्य अबस्थाका बारेमा  स्वास्थ्यमन्त्रीलाइ ध्यानाकर्षण पत्र

बाजुरा– बाजुराका सामाजिक अभियान्ता हेमराज थापाले स्वास्थ्य तथा जनसंख्य मन्त्री मोहन बहादुर बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएका छन । जिल्लामा एम्बुलेन्स, एक्सरे मेशिन, स्वास्थ्य संस्थामा दरबन्दी लगायतका बिषयमा ध्यानाकर्षण पत्र बुझाएका छन । सामान्य बिरामी पनि रिफर हुनुपर्ने बाध्यता रहेको बाजुरामा स्वास्थ्य समस्याले गुर्जिएको र यसको तत्काल समाधान गर्न स्वास्थ्य मन्त्री बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएको सामाजिक अभियान्ता हेमराज थापाले बताएका छन ।

स्वास्थ्य क्षत्रेमा राज्यको यति धेरै बजे हुदा पनि बाजुरामा त्यो बजेटले छुन नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा समाधना नभएको अबस्थामा जस्तो सुकै मुल्य चुकाउन सक्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
राज्यको आखा नगएको बाजुरामा कहिले डाक्टर हुदैन कहिले एम्बुलेन्स नहुने कहिले जहाजले नलिने लगायतका समस्यामा रहेकोले यसको तत्काल समाधन गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । यता स्वास्थ्य तथा जनसंख्य मन्त्री मोहन बहादुर बस्नेतले बाजुराकाे स्वास्थ्य क्षेत्रकाे समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार