बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा भालुको आक्रमणबाट ३० बाख्रा मरे

बाजुरामा भालुको आक्रमणबाट ३० बाख्रा मरे

  • आइतवार, साउन २१, २०८०
बाजुरामा भालुको आक्रमणबाट  ३० बाख्रा मरे

बाजुरा —  बाजुरामा भालुको आक्रमणबाट ३० बाख्रा मरेका छन्।

जिल्लाको हिमाली गाउँपालिका–१ टिनका वीरबहादुर बोहराका ३० बाख्रा भालुको आक्रमणमा परी मरेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । गत  बिहीबार दिउँसो गाउँनजिकैकाे गैरी पाटनको जंगलमा चरिरहेको बेला जंगली भालुले आक्रमण गरी बाख्रा मारेको हाे।

भालु पीडित बोहराले आयस्रोतको प्रमुख माध्यम बाख्रा रहेको र वर्षौभरि लगाएर पालेका बाख्राको बथानलाई एक दिनमै भालुले मारिदिएपछि निकै ठुलो क्षती भएको भएको बताएका छन । बाख्रा पालन व्यावसाय गरेरै जिविकाेपार्जन धान्दै आएका बाेहाेराका बाख्रा एकैदिन भालुले मारिदिए पछि निकै चिन्तत बनेका छन ।

गत वर्षपनि हिमाली गाउँपालिकामा दुई परिवारका एक सय बढी भेडाबाख्रा भालुले मारेको थियो। यसरी बर्षाेनि जंगली जनावरले आक्रमण गर्न थालेपछि त्याँहाका स्थानियहरु चिन्तामा परेका छन ।

चर्चामा

सम्बन्धित समाचार