बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • एक सय किलो सुन प्रकरणको थप अनुसन्धानको जिम्मा सीआईबीलाई

एक सय किलो सुन प्रकरणको थप अनुसन्धानको जिम्मा सीआईबीलाई

  • शुक्रबार, साउन १९, २०८०
एक सय किलो सुन प्रकरणको थप अनुसन्धानको जिम्मा सीआईबीलाई

काठमाडौँ —  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनेबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसबारे छलफल भएको थियो ।

छलफलमा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना, महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्य सहभागी थिए । सुन कारोबारको प्रकृति ‘सङ्गठित’ देखिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुङ्गानाले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

छलफलमा महान्यायाधिवक्ता डा.पोखरेलले सङ्गठित अपराधको अनुसन्धान प्रहरीको कार्यक्षेत्र भएको उल्लेख गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले गर्नुपर्ने बताएका थिए । सुन तस्करीको ‘सङ्गठित जालो’ बारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले सिआईबीलाई लेखेर पठाउनुपर्छ ।

‘सङ्गठित अपराधको तत्त्व देखिएको हुनाले सो मुद्दाको अनुसन्धान प्रहरीले नै गर्नुपर्ने कुरा भएको छ’ छलफलमा सहभागी एकजना उच्च अधिकारीले  भने–‘त्यसबारे राजस्वले ब्युरोलाई लेखेर पठाउने कुरा भएको छ ।’

हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मगाएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेर अनुसन्धान गरिरहेको छ । ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो ।

सो प्रकरणमा हालसम्म चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् । सुन तस्करीमा संलग्न आरोपमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका रामकुमार भुजेल, दिलीप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक, थाप्तेन छिरिङ र बेल्जियन नागरिक दावा छिरिङसहित १७ जना पक्राउ परेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार