• होमपेज
  • देश
  • प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गते हुने

प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गते हुने

  • सोमवार, साउन १५, २०८०
प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गते हुने

काठमाडौं —  शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको छ ।

सोमबार सूचना प्रकाशित गरी शिक्षक सेवा आयोगले लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले १३ गतेलाई सारिएको जानकारी दिएको छ । परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन ।

आयोगले प्रावि तहमा शिक्षक पदको लागि ६ हजार १३ रिक्त दरबन्दीमा पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्न लागेको हो ।

चर्चामा

सम्बन्धित समाचार