मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा एक सय भन्दा बढि गाउँ पहिरोको उच्च जोखिममा

बाजुरामा एक सय भन्दा बढि गाउँ पहिरोको उच्च जोखिममा

  • सोमवार, साउन १५, २०८०
बाजुरामा एक सय भन्दा बढि गाउँ पहिरोको उच्च जोखिममा

टेकबहादुर बुढा— बाजुरा जिल्लामा १ सय भन्दा बढी गाउँ बाढि पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराकाे तथ्याङ्क अनुसार ९ वटै स्थानिय तहका १ सय १६ बढि गाँउ बाढी पहिरोको जोखिममा रहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला बिपत्त पुर्वतयारी तथा प्रतिकार्य योजनामा १ सय १६ गाउँ जोखिम रहेको जनाएको थियो । अहिले ति सबै गाउँ बर्षा शुरु भएसँगै पहिरोको उच्च जोखिममा रहेका छन् । प्रतिकार्य योजनामा ति गाउँ अन्य ठाँउ स्थान्तरण गरिनु पर्ने जनाएको छ ।

ति गाउँहरु सधैको बर्षातमा जोखिम हुने गरेको केही परिवार पुर्ण रुपमा बिस्थाति हुने भएकाले ति गाउँका सयौ परिवारलाई अन्य ठाँउमा सारिनु पर्ने स्थानियले वताएका छन् । एकातिर बाढिपहिरोको जोखिम अर्कोतिर बाजुरामा पटकपटक भुकम्पका कारणले सयौ परिवार उच्च जोखिममा रहेका छन् ।

बाजुरामा एकबर्षमा ११ पटक भुकम्पको पराकम्पन गएको थियो । १ जनाको मृत्यु सँगै सयौ घर चिराचिरा बनाएको थियो । पानि परेको दिनमा धेरै बासिन्दा घर छोड्ने गरेका छन् । त्रिबेणी नगरपालिकामा १३ गाउँका ९ सय ७१ परिवार उच्च जोखिममा रहेको ति परिवारलाई अन्यत्र सारिनु पर्ने प्रतिकार्य योजनामा उल्लेख छ ।

नगरपालिकाको १ विसाल बजारका १ सय ७० घरधुरी, वडा नम्बर २ को सिम्ला, सिन्नेकोट २ सय ७२ घरधुरी , वडा नं ४ को पीपलसैन राउतेला का १ सय ५७ घरधुरी वडा ५ को किम्नी २ सय १७ घरधुरी लगायत परिवार जोखिममा रहेका छन् । बुढिगंगा नगरपालिकामा २५ गाँउका ६ सय २५ परिवार उच्च जोखिममा रहेको जनाईएको छ ।

खप्तड छेडेदह गाँउपालिकामा १४ गाँउका ३ सय ३२ परिवार जोखिममा रहेका छन् । गाँउपालिका मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा, बल्दे, धनाल्त, टुनीसैन गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाँउलगायतका बस्ती उच्च जोखिममा छन् । त्यस्तै बुढिनन्दा नगरपालिकामा १० गाँउ जोखिममा छन् ।

नगरपालिकाका पिपलडाली, साउने गाँउ, दैया, मटेला, पारतोला, जंसाल, रावतवाडा, कोल्टी वजार घोडाकोट, भुलेना, सिराडी, नौलाकोट गाँउ स्तान्तरण गरिनु पर्ने जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । जगन्नाथ गाँउपालिका मुसेखोला, तल्लो हुनी र वस्केना गरि ३ गाँउ उच्च जोखिममा रहेका छन् ।

त्यस्तै स्वामीकार्तिक गाँउपालिका ९ गाँउ जोखिममा रहेका छन् । गाँउपालिका वर्कु, रुडी, जोरु, मुक्तिकोट सुपाना, पुडेनी जुकु, वाइ, मिगु गाँउ जोखिममा रहेको स्वामीकार्तिक खापर गाउँपालिका सुचना अधिकारी कुबेर शाहिले वताए । हिमाली गाँउपालिका ५ वटा गाँउ जोखिममा रहेका छन् ।

बडिमालिका नगरपालिका १५ गाँउ उच्च जोखिममा रहेका छन् । तिपाडा, वलेना, जडाँगा, राप्का, बाउली गडखेत, भौनेरा, घागर र चुथी जोखिममा रहेका छन्, । त्यस्तै मैमातोला, विष्टवाडा, जिल्ली, सिराडी, बथानलेख, सल्लेना, पाटा रहेका छन् । गौमुल गाँउपालिका २१ गाँउका ३ सय ३२ परिवार उच्च जोखिम रहेका छन् ।

गैर सरकारी महासंघ बाजुराका अध्यक्ष कृष्ण अधिकारीले भने जिल्लामा धेरै जिल्लामा धेरै परिवार उच्च जोखिममा भएपनि सरकारले बस्ति स्तान्तरण कुनै पहल नगरेको वताएका छन् । बर्षातमा अधिकांश परिवार घर छोडेन गरेको उनले वताएका छन् । गाँउ गाँउमा डोजर मार्फत सडक खन्दा पनि उच्च जोखिममा बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार