शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • बडिमालिका
  • निजामति कर्मचारी संगठन बाजुराद्धारा वृक्षारोपण

निजामति कर्मचारी संगठन बाजुराद्धारा वृक्षारोपण

  • सोमवार, साउन १५, २०८०
निजामति कर्मचारी संगठन बाजुराद्धारा वृक्षारोपण

बाजुरा– नेपाल निजामति कर्मचारी संगठन बाजुराले साउन १५ गते वृक्षारोपण गरेको छ । नेपाल निजामतिका सहिद स्वार्गीय मनोज, झपेन्द्र, सुरेन्द्र स्मृती दिवसको अवसर पारेर वृक्षारोपण कार्याक्रम गरिएको नेपाल निजामति कर्मचारी संगठन सुदुरपश्चिम प्रदेश सचिव धनबहादुर थापाले जानकारी दिएका छन् । वृक्षारोपण साफेँ मार्तडी सडक खण्डको छेउछाउको खालि भुभागमा गरिएको थापाले बताए ।
कर्मचारीका हकहितका पक्षमा आवाज उठाउने क्रममा साहदत प्राप्त गरि सहिद भएका तीन जनाको स्मृतिमा जिल्ला भरीका सबै पालिकामा कार्यक्रम मनाउने क्रममा आज सोमबार निजामति कर्मचारी संगठन बाजुराको आयोजनामा विभिन्न फलफुलका रुख रोपेर सहिद दिवस मनाइएको नेपाल निजामति कर्मचारी संगठन बाजुराका जिल्ला अध्यक्ष पूर्णचन्द्र जोशी जानकारी दिएका छन् ।
नेपाल निजामति कर्मचारी संगठन बाजुराले आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा नेपाल निजामिति कर्मचारी संगठन केन्द्रिय सदस्य खम्वीर बुढा, सुदुरपश्चिम प्रदेश सचिव धनबहादुर थापा, बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल विक, राष्ट्रसेवक कर्मचारी सहकारी संस्थाका अध्यक्ष अंगत महत लगाएत जिल्ला स्थिति नेपाल निजामति कर्मचारी संगठनका सदस्यहरुको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार