सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • बेहोस भेटिएका बाजुराका आलोक धनगढीमा मृत्यु

बेहोस भेटिएका बाजुराका आलोक धनगढीमा मृत्यु

युवा संघ बाजुराद्धारा दुख व्यक्त

  • शनिबार, साउन १३, २०८०
बेहोस भेटिएका बाजुराका आलोक धनगढीमा मृत्यु

बाजुरा–बाजुराका आलोक थापाको धनगढीमा देहावसान भएको छ । शनिबार थापाको धनगढी स्थित मायामेट्रो अस्पतालमा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २६ वर्षीय थापा करिब ३ वर्षदेखि बैयाबेहडीस्थित आफ्नो ससुरालीमा बस्दै आएका थिए । हिजोमात्रै उनी आफ्नो भतिजाको घर जन्मदिन मनाउन भनेर गएका थिए ।

भतिजाको जन्मदिन मनाएर फर्किएपछि सुतेका थापा बिहान बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि उपचारका लागि अस्पताल लगिएकोमा उनलाई मायामेट्रो अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थिए । थापाले विष सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ । 

उनको शव पोस्टमार्टमका लागि सेती अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । थापा बाजुराकाे बुढीगंगा नगरपालिका ६ का स्थायी बासिन्दा हुन् । लामो समयदेखि पढाइको शिलशिलामा धनगढी ससुराली घर बस्दै आएका थिए ।

राष्ट्रिय युवासंघ नेपाल बुढीगंगा नगर कमिटी सदस्य समेत रहेका थापा युवा पीडिमा चर्चित थिए । केही गरौं भन्ने स्वभावका युवालाई छिटै सदाका लागि विदाई गर्नु साह्रै पीडादायी क्षण भएको युवा संघ बाजुराले वक्तव्य मार्फत भनेको छ ।

युवा संघले शोक मार्फत दुख व्यक्त गरेको छ । एक सहयोद्धा गुमाउनु पर्दा पीडा बोध भएको युवा संघका सचिव विष्ण कार्कीले बताएका छन् । 

चर्चामा

सम्बन्धित समाचार