शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सुन छिर्दा सरकार आफै तस्कर जस्तै लाग्छ

सुन छिर्दा सरकार आफै तस्कर जस्तै लाग्छ

  • शनिबार, साउन १३, २०८०
सुन छिर्दा सरकार आफै तस्कर जस्तै लाग्छ

सिक्किम राज्य बनेको त भर्खर जस्तै लाग्छ,
आज पनि सोंच्दा स्वतन्त्र सगर जस्तै लाग्छ।

सबै जन्माओस दलाल नजन्माओस देशले,
बिदेशी दलाल भए देश खण्डर जस्तै लाग्छ।

मायाँ गरौँ आफ्नै देशलाई पनि आमा सम्झी,
देशभक्ती बिन नागरिक वेकदर जस्तै लाग्छ।

हेरौं हामी बिदेशमा हाम्रो सन्तानको अबस्था,
यही सरकार पनि उस्तै वेखबर जस्तै लाग्छ।

छाती खोलेर हिंड्छन ती काम गरेर बाँचेका,
उनैलाई देशको अपमान जहर जस्तै लाग्छ।

जबकी एउटा सियो छिर्दैन बोडरबाट देशमा,
सुन छिर्दा सरकार आफै तस्कर जस्तै लाग्छ।

चर्चामा

सम्बन्धित समाचार