• होमपेज
  • देश
  • मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

  • शुक्रबार, साउन १२, २०८०
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं— अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।

दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको विधेयक शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।

राष्ट्रिय सभामा उत्पत्ति (५ असार २०८० मा दर्ता) भएको यो विधेयक १५ असार २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो । ३१ असार २०८० मा प्रतिनिधिसभाले संशोधन सहित पारित गरेको विधेयकलाई १० साउनमा राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयबाट जारी गरेको विज्ञप्ति :

चर्चामा

सम्बन्धित समाचार