• होमपेज
  • देश
  • दुर्गमका कर्मचारीलाई सरुवा गर्न मन्त्रालयले माग्यो निवेदन

दुर्गमका कर्मचारीलाई सरुवा गर्न मन्त्रालयले माग्यो निवेदन

  • शुक्रबार, साउन १२, २०८०
दुर्गमका कर्मचारीलाई सरुवा गर्न मन्त्रालयले माग्यो निवेदन

काठमाडौं —  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम र अति दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा आउन नौ दिनको समयसीमा दिएको छ ।

निजामती सेवा ऐनले तोकेको समयसीमामा अति दुर्गम र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगम क्षेत्रमा सरुवा भई आउन नौ दिनको समयसीमा दिएको हो ।

मन्त्रालयले बिहीबार सूचना जारी गरी त्यस्ता कर्मचारीलाई नौ दिनभित्रमा निवेदन दिन आग्रह गरेको हो । मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा र सुगममा कार्यरत कर्मचारीलाई दुर्गम क्षेत्रमा पठाउन नौ दिनभित्र निवेदन दिन कर्मचारीलाई आग्रह गरेको छ ।

कर्मचारी सरुवामा देखिएको विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्देशनमा मन्त्रालयले सूचना जारी गरेको मन्त्रालयका उपसचिव खिलराज राईले जानकारी दिए।

निजामती सेवा ऐनमा उल्लिखित व्यवस्था अनुसार विभिन्न भौगोलिक क्षेत्रका कार्यालयमा कार्य गर्न इच्छुक भएका कर्मचारीले पिआइएस अद्यावधिक गरी नौ दिनभित्र निवेदन पेस गर्न सूचना जारी गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सरुवा व्यवस्थापनका लागि प्रत्येक निजामती कर्मचारीले आफ्नो सम्पूर्ण विवरण सात दिनभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नसमेत निर्देशन दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार