• होमपेज
  • देश
  • सुन तस्करी प्रकरणः लाजिम्पाटस्थित एक घरमा राजश्व अनुसन्धानको छापा

सुन तस्करी प्रकरणः लाजिम्पाटस्थित एक घरमा राजश्व अनुसन्धानको छापा

  • बिहिबार, साउन ११, २०८०
सुन तस्करी प्रकरणः लाजिम्पाटस्थित एक घरमा राजश्व अनुसन्धानको छापा

काठमाडौं— लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले खानतलासी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले केही महत्वपूर्ण कागजात र सामग्री बरामद हुनसक्ने आशंकामा खानतलासी गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

त्यसक्रममा केही बाकसहरु विभागले बरामद गरेको छ । तर, त्यसमा सुन नभेटिएको विभागका एक अधिकारीले अनलाइनखबरलाई बताए ।

घरलाई अहिले विभागले शिल गरेको छ । विभागका एक अधिकारीका अनुसार, त्यहाँ चुवानसहित अन्य चिनियाँ नागरिकहरुको पनि आउजाउ हुने गरेको देखिएको छ । अन्य चिनियाँबारे विभागको टोलीले अनुसन्धान गरिरहेको छ ।

विभागले सशस्त्र प्रहरीको सहयोगमा यसअघि बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो । त्यहाँबाट ब्रेक शु बरामद गरिएपनि त्यसमा सुन नभेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद गरेको थियो । त्यसमा संलग्न रहेको आरोपमा हालसम्म १७ जना पक्राउ परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार