आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गरिबकै योजना फेल लगातार भयो देशमा

गरिबकै योजना फेल लगातार भयो देशमा

  • बिहिबार, साउन ११, २०८०
गरिबकै योजना फेल लगातार भयो देशमा

गरिबकै योजना फेल लगातार भयो देशमा,
मुक्तिका नाराहरू ठग्ने आधार भयो देशमा।

गरिबमुक्ति नारा लगाए भयो शहीदको खेती,
उनै मन्त्री र गरिब मारा सरकार भयो देशमा।

थियो आस नयाँ जनवादी व्यबस्था ल्याउने,
धरापमै पर्यो बर्गशंघर्षमा दरार भयो देशमा।

मन्त्री बने उनै सुन तस्करभए मानव तस्कर,
देश परनर्भर छंदै छ नाङ्गे झार भयो देशमा।

बन्दुककै नालबाट क्रान्ती जन्मिन्छ भन्नेहरू,
टुक्रा /टुक्रा भए उल्टो व्यवहार भयो देशमा।

सम्झिन्छु पुराना दिन र आत्मत्याग आफ्नो,
हेर्दा क्रान्तिको तमासा दिक्दार भयो देशमा।

चर्चामा

सम्बन्धित समाचार