• होमपेज
  • देश
  • निर्वाचन खर्च विवरण बुझाएको सांसद विनोद चौधरीको दावी

निर्वाचन खर्च विवरण बुझाएको सांसद विनोद चौधरीको दावी

  • बुधबार, साउन १०, २०८०
निर्वाचन खर्च विवरण बुझाएको सांसद विनोद चौधरीको दावी

काठमाडौँ —  नेपाली कांग्रेसका सांसद विनोद चौधरीले निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्नेहरुको सूचीमा आफ्नो नाम उल्लेख गरेकोमा गम्भीर ध्यानाकार्षण भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य चौधरीले आफूले निर्वाचन सम्पन्न भएपछि ०७९ पुष ४ गते निर्वाचन आयोगमा खर्च विवरण बुझाएको दावी गरेका छन् ।

‘निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्नेहरूको सूचीमा मेरो पनि नाम उल्लेख गरेकोप्रति गभ्मिर ध्यानाकर्षण भएको छ । मैले निर्वाचन सम्पन्न भएलगत्तै मिति २०७९ पुस ४ गते निर्वाचन आयोगमा खर्च विवरण बुझाएको हुँ जसको दर्ता नम्बर १०९९ रहेको छ’, चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्।

‘तसर्थ, उक्त सूचीबाट मेरो नाम हटाई यस बारेमा आम सञ्चारमाध्यमलाई सहि सूचना उपलब्ध गराइदिनुहुन र यसअघि प्रकाशित समाचारले भ्रम श्रृजना भएको हुँदा उक्त समाचार सच्याइदिनुहुन पनि म आग्रह गर्दछु ।’

चर्चामा

सम्बन्धित समाचार