• होमपेज
  • देश
  • चितवनमा बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

चितवनमा बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

  • बुधबार, साउन १०, २०८०
चितवनमा बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

चितवन —  चितवनको भरतपुर महानगरपालिका २९ चौध किलो पुलमा बुधबार बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते भएका छन् ।

बसमा सवार २९ जनासहित ट्रक चालक पनि घाइते भएको चितवन प्रहरीले जनाएको छ । १८ जना घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा र १२ जनाको भने चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये बस चालक दाङको घोराही १० का २६ वर्षीय सुनिल पाण्डे र बसमा सवार ३५ वर्षीय पुरुषको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको रा १ ख २२ ३६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक आपसमा ठोकिएको हो ।

चर्चामा

सम्बन्धित समाचार