बाजुरा– मार्तडी कोल्टी सडक खण्ड अन्तरगत बडिमालिका नगरपालिका ९ अनाई खोलामा बगेको ट्याक्टरका चालकको खोजी कार्यका लागि नेपाली सेनाको टोली खटिएको छ ।
दुर्गाभन्जन गुल्मका उप सेनानी नेहाल चन्दको नेतृत्वमा १५ जनाको टोली घटना स्थलमा पुगेर खोजी गरिरहेको नेपाली सेनाले जनाएको छ ।
आइतबार राती ११ बजे तिर कोल्टीबाट मार्तडी आउदै गरेको से २ त ३२२५ नम्मरको ट्याक्टर करिव २० मिटर तल ढुगांमा अड्कीएको अवस्थामा फेला परेको र चालक डुवनारायण चौधरी बेपत्ता भएको जनाएको छ ।