• होमपेज
  • बाजुरा बिशेष
  • समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव शाहीकाे अभिव्यक्तिप्रति युवा संघको आपत्ति

समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव शाहीकाे अभिव्यक्तिप्रति युवा संघको आपत्ति

  • सोमवार, साउन ८, २०८०
समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव शाहीकाे अभिव्यक्तिप्रति युवा संघको आपत्ति

बाजुरा– समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव अनिल शाहीका सार्वजतिक अभिव्यक्तिप्रति राष्ट्रिय युवा संघ नेपाल बाजुराले आपत्ति जनाएको छ । राष्ट्रिय युवा संघ नेपाललाई बादँर, हनुमान तथा स्यालको संज्ञा दिई सिंगो संगठनलाई बदनाम हुने खालका सार्वजनिक अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय युवा संघ नेपाल बाजुराले प्रेस विज्ञप्ति मार्फत घोर भत्र्सना गरेको छ ।
समाज विकास, सामाजिक न्याय र सुशासनका पक्षमा रचनात्मक आन्दोलन र बहस पैरवीका लागि परेको युवा संघ नेपालका बिरुद्ध सामाजिक सञ्जालमार्फत .संगठनको सार्वजनिक बद्नाम गराउने खालका अभिव्यक्ति राख्ने व्यक्ति माथि राष्ट्रिय युवा संघ नेपालले जवाफ दिनु पर्ने बेला आएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

आफ्ना गलत कुरा लुकाउने गरि अरुलाई तथ्यहिन आरोप सहित मानव अधिकार र सामाजिक सम्मान माथि नै आचँ पुग्ने खालका एकिकृत समाजवादी पार्टी बाजुरा जिल्ला कमिटि सचिवालय सदस्य तथा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव शाहीका सार्वजनिक अभिव्यक्ति प्रति राष्ट्रिय युवा संघ बाजुराले घोर भत्र्सना गरेको बिज्ञप्तीमार्फत जनाएको छ ।
अमानविय, अराजनितिक र अराज अभिव्यक्ति सहितका कार्यको घोर भत्र्सना गर्दछौ बिज्ञप्तीमा भनिएको छ । अरुलाई दोषी देख्ने नजरलाई बेला बेला सवाल जवाफमा सच्चिन गरिएको अनुरोधलाई समेत बेवस्ता गदै सिंगो संगठनलाई बादँरको संज्ञा दिनुले संगठनलार्इ समेत सह्य नभएको युवा संघले जनाएको छ ।

यस्ता अभिव्यक्ति सहेर नबस्ने राष्ट्रिय युवा संघ बाजुराका अध्यक्ष मिलन जंग ऐडीले बताएका छन । शाहीका यस्ता अभिव्यक्तिका बिषयलाई गम्भीरका साथ लिएर जवाफी प्रतिवाद र कानुनी कारवाही राज्दै प्रहरी प्रसाशनलाई समेत समयमै जानकारी गराउदछौ युवा संघ बाजुराका अध्यक्ष मिलन जंग ऐडीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार