• होमपेज
  • देश
  • गठबन्धन तोड्ने अनेक षड्यन्त्र भइरहेको छ : अध्यक्ष नेपाल

गठबन्धन तोड्ने अनेक षड्यन्त्र भइरहेको छ : अध्यक्ष नेपाल

  • शनिबार, साउन ६, २०८०
गठबन्धन तोड्ने अनेक षड्यन्त्र भइरहेको छ : अध्यक्ष नेपाल

काठमाडौँ —  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले घुमिफिरी वर्गशत्रु भनेको कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्रप्रति सचेत रहन नेता तथा कार्यकर्तालाई सुझाव दिएका छन् ।

समाजवाद अध्ययन केन्द्र नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको समाजवाद बहस र सङ्घर्ष विषयक कार्यक्रममा उनले व्यवहार र सिद्धान्त सोचेजस्तो नभएकाले मुलुकको आवश्यकता, धरातल र यथार्थ बुझेर अघि बढ्नुपर्ने धारणा राखे ।

अध्यक्ष नेपालले उग्रवामपन्थ र दक्षिणपन्थको भासमा डुबेका कम्युनिस्टलाई ठीक मार्गमा हिँडाउने एउटै उपाय भनेको वैज्ञानिक समाजवाद भएको बताए । विश्वमा कम्युनिस्ट पार्टी धरमराइरहेको अवस्थामा नेपालमा भने लोकप्रिय दलका रूपमा उदाएको प्रसङ्ग उल्लेख गर्दै उनले व्यक्तिवादी प्रवृत्ति र विकृतिलाई समयमै चिरफार गर्न सकिएन भने अनेक चुनौतीको सामना गर्नुपर्ने पनि बताए ।

पूर्वप्रधानमन्त्री नेपालले भने, ‘समाजवाद जनताका हित र कल्याण गर्ने व्यवस्था हो, राजनीतिलाई जनतादेखि जनतासम्मको धारमा मोड्नुपर्छ, हामी जनताका पीडा र वेदनासँग जोडिनुपर्छ, नेपालमा कम्युनिष्ट पार्टीको भविष्य उज्यालो छ ।’

चर्चामा

सम्बन्धित समाचार